Vutlaxapu
Laxmibhuwan sun chadi

स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित विश्व स्तनपान सप्ताह मनाइँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ।यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ। कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ।

जय भगवति मेलौली सुनचाँदी

विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ।स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ। दूधमा रोग निरोधक तत्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ। चिकित्सकका अनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ।

शिशुलाई छ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर छ महिनामुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराइन्छ। यस्तै, स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिकरूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ। स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page