Vutlaxapu
Laxmibhuwan sun chadi

महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले ओपिडी र आकस्मिक सेवाको बिरामी टिकट शुल्क दोब्बर बढाएको छ।टिकट शुल्क दोब्बरले बढाएपछि सेवाग्राहीबाट विरोध सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत सञ्चालित अस्पतालले गत आर्थिक वर्ष २०८२र८३ को जेठ महिनादेखि नै नयाँ शुल्क लागू गरेको हो।

यसअघि ओपिडीतर्फ २५ रुपैयाँ र आकस्मिक सेवातर्फ ५० रुपैयाँ रहेको टिकट शुल्क बढाएर क्रमशः ५० रुपैयाँ र १०० रुपैयाँ पुर्‍याइएको छ। सरकारी अस्पतालमै टिकट शुल्क दोब्बर बनाइएपछि सर्वसाधारणले गरिब तथा विपन्न बिरामीमाथि थप आर्थिक भार परेको गुनासो गरेका छन्।

सेवाग्राही सम्राट विष्टले टिकट शुल्क वृद्धि रकमका हिसाबले धेरै ठूलो नभए पनि यसले अन्य स्वास्थ्य सेवाको शुल्कसमेत बढ्ने हो कि भन्ने आशंका जन्माएको बताए। अर्का सेवाग्राही पवन जोशीले नयाँ व्यवस्थापन समिति आएपछि टिकट शुल्क बढाइएको भन्दै सरकारी अस्पतालमा उपचारका लागि आउने विपन्न  बिरामीमाथि अन्याय भएको टिप्पणी गरे।

जय भगवति मेलौली सुनचाँदी

स्थानीय मोहनदेव भट्टले निर्वाचनका बेला गरिबलाई निःशुल्क स्वास्थ्य सेवाको प्रतिबद्धता जनाइए पनि व्यवहारमा उल्टै टिकट शुल्क बढाएर बिरामीमाथि भार थपिएको आरोप लगाए। उनले अस्पतालका आधारभूत सेवासमेत निःशुल्क बनाउनेतर्फ पहल गर्न आग्रह गरे।

यता महाकाली प्रादेशिक अस्पतालले भने बिमा सेवा उपभोग गर्ने बिरामीहरूले गुनासो गरेपछि शुल्क वृद्धि गर्नुपरेको बताएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले स्वास्थ बिमामा आवद्ध भएका सेवाग्राही र अन्य सेवाग्राहीबीच समानता ल्याउन टिकट बढाइएको बताए।

‘हामीले बिमा उपभोग गर्ने सेवाग्राहीको गुनासो आएपछि टिकटको दर बढाएका हौँ। बिमाले आकस्मिक टिकटको एक सय तथा ओपिडीको ५० रुपैयाँ दिँदै आएको थियो’, उनले भने, ‘अन्य बिरामीले पनि आफू सरह नै शुल्क तिर्नुपर्ने माग बिमा उपभोग गतिरहेका बिरामीले गर्न थालेपछि टिकटको शुल्क वृद्धि गरिएको हो। टिकटको शुल्क बढे पनि असहाय, विपन्न लगायत सेवाग्राहीलाई निस्शुल्क टिकट दिने व्यवस्था मिलाइएको छ।’

उनका अनुसार गरिब तथा विपन्न नागरिकलाई दिइँदै आएको निःशुल्क र सहुलियत सेवा यथावत् राखिएको छ।  टिकट काट्नसमेत असमर्थ विपन्न बिरामीलाई पूर्ण रूपमा निःशुल्क सेवा दिइने व्यवस्था रहेको उनको भनाइ छ।#dinesh khabar

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page