Vutlaxapu
Laxmibhuwan sun chadi

सुदुरपश्चिम गौरा पर्व ; अगस्त्य उदय र मेरो बुझाइ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

विचारोत्तेजक प्रसंगहरु पर्यावरणीय हुन्छन् भन्ने बुझ्दछु ।पर्यावरणीय भन्नाले भूगोल जस अन्र्तगत हिमाल, पहाड, उपत्यका , मैदान आदि । मौसम–सन्नी कलाउडी, जलवायु – उष्ण, समशीतोष्ण । ऋतु – ऋतले समान गुणका आधारमा तय गरेका जस्तै वर्षा, सरद, हेमन्त वसन्त आदि । सांस्कृतिक जनजीवन , आर्थिक , राजनैतिक, विज्ञान, प्रविधि जसले समग्र समाजमा प्रभाव पारेको हुन्छ ।

स्तम्भकार परीपक्व लेखक पनि होइन । नत प्रस्तुत विषयको दीर्घ अध्ययेता नै हो । तर अध्यात्म र साहित्यमा रुचि राख्ने रुचिकर प्राणि भएकोले आफ्नो चेतबाट उत्सर्जित भावहरु कोरीटोपल्ने प्रयास गर्नेछु ।

प्रसंग सुदुरपश्चिमको यस वर्षको गौरा पर्वको आगमन पूर्व चलेका विचार उत्तेजक सवाल जवाफहरु एउटा सानो टेरीटोरी भित्र मात्र छलफल हुने अवस्था थियो केही वर्ष पहिले । अहिले विज्ञान प्रविधिले गर्दा छलफलको दायरा निकै फराकिलो भयो । प्रस्तुत प्रसंगको मुख्य विषय अगत्स्य उदयको पाइयो । अगत्स्य उदय पछि द्रुुवा अष्टमी । गौरा पर्व उपासना गर्न नहुने भएबाट अगत्स्य उदय कहिले हुने ? त्यसको आधार के हुने ? सन्दर्भ सामग्री के हुने ? ज्योतिष गणितको अलगोरीदम (गणितको हिसाब गर्ने विधि ) के हुने भन्ने बातचिजहरु विभिन्न माध्यमबाट हेर्न पाइयो । ती अलगोरीदमहरु पेराडक्स (जस्तै दुई बराबर एक प्रमाणित गर्नु ) हुन वा होइनन् ? गणितीय परख गर्न बाकि छ । गणितमा कुनै तथ्य परिभाषालाई सर्वस्वीकृतमानि त्यसका आधारमा अन्य तथ्य र परिभाषा , साध्य र सुत्रको प्रतिपादन हुन्छ।आधुनिक गणितको भाषामा (Axiom) पोस्टुलेट(postulate),थिअरम(Theorem), आदि परिभाषामा (Defination) र स्वीकृति (Postulate) मा नै हिट गरी त्यस्तो तथ्यलाई मान्यता नदीइ फरक तर्क (Logic)बाट नया गणित प्रतिपादन हुन्छ । जस्तै युक्यूलिडको पाचौ पोस्टल्युटमा हिट गरी नन्युक्लक्लिड ज्यामितिको प्रादुभाव भयो भन्ने कुरा हामी गणित गाउँका मान्छले बुझ्दछौ । यस प्रकार नै गणितमा वहुसत्य (Multiple reality) सम्भव छ भन्ने आधुनिकता । पश्चिमा मुलुकहरुले चर्चा गरेको उत्तर आधुनिकवाद (Post Modermism) जसले बहुसत्यको पक्ष लिन्छ । यो नितान्त दार्शनिक पक्ष हो । म अलिकति भए पनि सुदूरपश्चिमका फेसबुके लगायतका साधकहरुको माथिङ्गल झोसी दिने कमम गर्दछु । खोजी गरौ हामी कता ? कति स्वतन्त्र ? वहुसत्यको पक्षधर कि ? एक सत्यको पक्षधर ?

विषयान्तर भएछ भने क्षमाप्राथी छु । अब अर्को प्रसंग अगत्स्य उदय कहिले हुने ? अगत्स्य उदय पछि गौरा पर्व उपवास गरे के हुन्छ ? यस भित्रको (अगत्स्य उदय) मिथकलाई केलाउनु पर्ने देखे । यद्धपि मेरो अल्पज्ञानले विद्वतवर्गलाई सन्तुष्ट नर्पान पनि सक्छ । तर हाम्रा प्रचित धर्म ग्रन्थ तथा वाङमय भित्र रहेका मिथकहरुलाई समकालिन र अहिलेको समाजशास्त्री पाराले विश्लेषण नहुने हो भने दुर्गती हुने देख्दछु ।

जय भगवति मेलौली सुनचाँदी

अगत्स्य उदय मिथकको रहस्य मैले यसरी बुझेको छु । आर्यहरु मन्त्रद्रष्टा हुन् । वेदका सुक्तहरु मन्त्रहरु हुन् । मन्त्र भन्नाले साझा गुणहरुलाई एकीकृत गरी छोटो रुपमा भन्न सक्नु हो । हिन्दीमा “ सय वात की एक वात ” भन्ने जस्तै । मन्त्रहरु । भावपूर्ण , समर्पणता, विवेक र विनम्रता विभोर हुन्छ । यसैले मन्त्रहरु आध्यात्मिक हुन । दार्शनिक हुन र ईश्वरीय पनि हुन् । समकालिन नवपाषण एवं वर्वतपूर्ण समाजलाई डोर्याउन चेतले भन्दा मनोविज्ञानले बढी काम गरेको पाइन्छ । वैदिक भन्दा पनि प्राचिन समय देखि चल्दै आएको गैर आर्य (असुर भनिने ) समुदाय जुन आर्यर्वत भन्दा पनि दूर–दूर सम्म फैलिएको थियो । त्यस ताका त्यस समुदायले वर्वर समाजलाई नियन्त्रण गर्न तन्त्र उपाय सुझाएको पाए । यस प्रकार मन्त्र तन्त्र भन्दा पुरानो व्यापक हो तर आदेशात्मक हो । गर्नु पर्छ भने गर्नु पर्छ । हो भने हो । होइन भने होइन । यसो गरे यसो सिद्धी हुन्छ नगरे यस्तो अनिष्ट हुन्छ वाला । तन्त्रहरु भारतवर्षका आदिवासीहरु , असुरहरु, म्लेच्छ, दस्यु अङ्ग, वङ्ग, र शकजातिहरुको प्रचलनमा थियो , जुन जातिहरुको वासस्थान मध्य एशिया, इन्डोनेसिया र इजराइलसम्म थियो भन्ने कुरा पढ्न पाइन्छ । जुन भविष्य पुराणमा पनि उल्लेख गरिएको छ ।

मानिस एकै ठाउमा कहिल्यै बसेन, न त उसले अपरवर्तनीय ऋतलाई नै अगाल्यो । यस प्रकार हाम्रो समाजमा तन्त्र र मन्त्रहरु संग संगै चल्न थाले । अझ भन्नु पर्दा धामी र झाक्रीबाट संचालित सामाजिक परिवेश हामीसंग छ । धामी अध्यात्मिक हो , जुन विनम्र छ । ईश्वरको आरधना गर्दछ । ईश्वरसंग समपर्ण गर्दछ । तर झाक्री तान्त्रिक हो जुन ईश्वरलाई आदेश गर्दछ । यसैले वैदक आर्य समाजमा धामी र धामी इतरको समाजमा झाक्री परम्परा छ होला । यही धामी र झाक्री बिचको फरक हो ।

पौराणिक मिथक अनुसार वैवस्यत मनुकी छोरी इला ( त्यसताका मातृका प्रधान समाज ) र सोमका छोरा पुरुरवा हुन । गन्धर्व समाज की नारी उर्वशी थिइन् । जुन ईन्दैको सभामा नृत्य गर्थिन् । उर्वशी पुरुरवाकी जाया थिइन् । पुरुरवा र उर्वसीको प्रेमवार्तालाप निकै चर्चित छ । तिनी उर्वशीले देवगण मित्रवरुणको बीज धारण गरी वशिष्ठ र अगस्त जन्माएका थिए । ऋग्वेदमा अगत्स्य बारे सूक्तहरु छन् जसअनुरुप अगत्स्यको विवाह विदर्भ राजाकी छोरी लोपामुन्द्रासित भएको थियो । लोपामुन्द्रा यौनावस्थामा पुगेपछि कामान्ध हुन थालिन । अगत्स्य पनि कामान्ध थिए । कामान्धका कारणले एक पटक अगत्स्यले गैर आर्य सलुवल नामक असुरको धन सम्पति हरण गरेर आफ्नी जायालाई खुशी राख्ने प्रयत्न गरे भन्ने एउटा मिथक छ । यसरी मुलतः ती दम्पति बीचकामान्ध स्नेह थियो । अगत्स्य मन्त्र द्रष्टा भए पनि तीनको यस्तो तामसी गुणको प्रतिकात्मक विरोध हाम्रा पुर्खाले गरेको हो कि त ? किन भने अरु वैदिक महापुरुषहरु अस्त हुदा शुभ कार्य निषिद्ध गरेको हुन्छ । जस्तै शुक्र अस्त र गुरु (वृशस्पति ) अस्त हुदा विवाह लगायतका शुभ कार्य गर्नु हुदैन भन्ने छ । हाम्रो पुर्खा वैदिक आर्य हुन् । सायित्विक हुन् । भोग भन्दा पनि त्यागबाट परमानन्द प्राप्त हुन्छ भन्ने अनुभव प्राप्त गरेका हुन् । त्यस्तै हामीलाई अर्ति उपदेश पनि दिएका हुन् ।

कालान्तरमा अगत्स्य लगायतका ऋषिहरु सप्त महर्षिमा परिणित भए भन्ने मिथक । तिनबाट वंश वा गोत्र चलाएको परम्परा । सप्तऋषिलाई ताराहरुसंग तुलना गरेको कुरा । जुन खगोलीय हुन् र भौतिक हुन् । कहि भौतिक विज्ञानमा भएका नियमहरु सामाजिक विकासमा देखाउनु र कहि सामाजिक विज्ञानमा भएका नैसर्गीक नियमहरु भौतिक विज्ञानमा नियाल्नु, एक अर्कासंग अन्तर सम्बन्ध गर्नु अर्को दार्शनिक पक्ष हो । यहाँनेर यसबारे अधिक चर्चा गर्ने मन छैन ।

हाम्रो समाजका नारी हरु पति प्रेम गरुन । आध्यात्मिक बनुन् , विनम्र बनुन् । तीनका भावहरु शुद्ध रहुन् , चित्तहरु सफा रहुन् , तिनको प्रेम ईश्वरीय होस् , अगत्स्य र लोपमुद्रा जस्तो चाहिने भन्दा बढी कामन्धता नआवस । त्यस्तो कामान्धता परै जावस । त्यसका लागि उपवास, ध्यान, जपको साधना गर्दछौ । मन्त्र र तन्त्रको उपाय पनि गर्दछौ भन्ने यर्थात हो कि लाग्दछ । यो कुरा यस्तो नै हो भनेर ठोकुवा गर्न सकिदैन र गर्नु पनि हुदैन । तर हाम्रा वैदिक वाङमय लगायत समाजमा रहेका मिथकहरुको अहिलेका मानिसहरुले बुझ्ने गरी समाजको हितमा हुने गरी वैज्ञानिक र समाजशास्त्रीय विश्लेषणहुनु पर्छ भन्ने मान्यता राख्दछु ।

हर्क बहादुर चन्द

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page