Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा सवारी दुर्घटनामा एक वर्षमा १७७ जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी :सुदूरपश्चिम प्रदेशभित्र बिगतका वर्षहरुको तुलनामा आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटनामा कमि आएको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ६ सय ७२ वटा सवारी दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा दुर्घटनामा आधाले कमि आएको छ। सो अवधिभित्र तीन सय २० सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

प्रदेशका नौवटै जिल्लामा सबैभन्दा बढी एक सय ६९ वटा मोटरसाइकल दुर्घटना भएका छन्। आर्थिक वर्ष २०७८/७९ मा तीन सय ५६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए। अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा मोटरसाइकल दुर्घटनामा पनि कमी आएको छ।

प्रदेशभित्र गत वर्ष आठवटा ट्रक, दुई टिपर, चार डोजर, १७ बस, ५ माइक्रोबस, ४५ कार/जिप, ४१ ट्याक्टर, ८ टेम्पो, लगायत तीन सय २० दुर्घटना भएका हुन्। यस्तै आर्थिक वर्ष २०७८/७९ मा ३२ ट्रक, १० टिपर, तीन डोजर, ३१ बस, चार माइक्रोबास, एक सय ३ कार÷जिप, ६० ट्याक्टर, २४ टेम्पो, तीन सय ५६ मोटरसाइकलसहित ६ सय ७२ दुर्घटना भएका थिए।प्रदेश ट्राफिक प्रहरीका अनुसार सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७८/७९ मा एक सय ९६ जनाको मृत्यु भएको थियो।

जय भगवति मेलौली सुनचाँदी

प्रदेशमा सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्यामा समेत कमी आएको छ। सुदूरपश्चिममा गत वर्ष एक सय ४४ पुरुष, २२ महिला, ६ बालक र पाँच बालिकाको सवारी दुर्घटना परेर मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांकले छ। २०७८/७९ मा एक सय ५३ पुरुष, २७ महिला, १२ बालक र चार बालिकाको सवारी दुर्घटनामा मृत्यु भएको समेत प्रदेश ट्राफिक प्रहरी कार्यालयले दिएको विरणमा उल्लेख छ।

प्रदेशभित्र अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनामा परेर घाइते हुनेको संख्यामा समेत कमी आएको छ। अघिल्लो वर्ष तीन सय ९५ जना घाइते भएकोमा गत वर्ष एक सय ९७ जना गम्भिर घाइते भएका छन्।

प्रदेशभित्र एक सय ५१ पुरुष, ३२ महिला, ७ बालक र ७ बालिका २०७९/८० मा घाइते भएका हुन भने २ सय ८३ पुरुष, ७३ महिला, २७ बालक र १२ बालिका २०७८/७९ मा घाइते भएका थिए। ट्राफिक प्रहरीका अनुसार सवारी दुर्घटनामा परेर घाइते हुनेको संख्यामा समेत कमी आएको छ। गत वर्ष सामान्य घाइते हुनेको संख्या दुई सय ७६ छ। २०७८/७९ मा ६ सय ६ जना सामान्य घाइते भएका थिए।

 

त्यस्तै गत वर्ष दुई सय ५२ वटा दुर्घटना पशुचौपायामा ठोक्कीएर भएका छन्। अघिल्लो आर्थिक वर्षमा पाँच सय एक दुर्घटना पशुचौपायासँगै ठोक्किएर भएका थिए। गत वर्ष दुर्घटनाबाट १६ पशुचौपाया मरेका छन। ६ घाइते भएका थिए। २०७८/७९ मा ३१ चौपाया मरेका थिए भने १० घाइते भएका थिए।

 

ट्राफिक नियम विपरीत हिँड्नेलाई कारबाही र जनचेतनामूलक कार्यक्रमले अघिल्लो वर्षको तुलनामा पछिल्ला वर्षमा दुर्घटनामा कमी आएको दाबी गरिएको छ। सवारीसाधन कारबाही पर्नेक्रम बढ्दै जानुले पनि दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीको बुझाइ छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page