


बैतडी- प्रकाश भट्ट,सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराको अवसरमा बैतडीको दोगडाकेदार गाउँपालिकामा देउडा कार्यक्रमको आयोजना हुने भएको छ । नेपाल निजामति कर्मचारी संगठन दोगडाकेदार गाउँकार्यसमितिको आयोजनामा यही भदौ २२गते देउडा कार्यक्रमको आयोजना गरिन लागेको हो ।

सनातन धर्म माध्यमिक विद्यालय श्रीकोटको प्रांगणमा हुने कार्यक्रममा सहभागिताका लागि सबैलाई आग्रह समेत गरिएको छ । स्थानीय संस्कृतिको संरक्षण, सम्वद्र्धन र पुस्तान्तरणका लागि सहयोग गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको नेपाल निजामति कर्मचारी संगठन दोगडाकेदार गाउँकार्यसमितिले जनाएको छ ।
कार्यक्रममा सहभागी हुने देउडीयाहरुलाई उचित पुरस्कार,प्रशंसा पत्र प्रदान गरिने बताइएको छ ।





