


बैतडी -१७ औँ मानव बेचबिखन विरुद्धको दिवस बैतडीमा मनाइएको छ । मानव बेचबिखन विरुद्धको जिल्ला समन्वय समितिको आयोजनामा मनाइएको दिवसका अवसरमा बिहान ¥याली सहित कोणसभा आयोजना गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयबाट निकालिएको ¥याली गोठलापानी बजार स्थीत कोणसभामा परिणत भएको थियो । कोणसभाको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले रोजगारीको प्रलोभन देखाउदैँ भारत लगायतका विभिन्न देशहरुमा मानव बेचबिखन गर्ने गरिएकाले यसलाई रोक्न जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए । रोजगारी, बिवाह तथा अन्य प्रलोभन देखाएर मानव बेचबिखन हुने गरेको उनको भनाई छ । मानव बेचबिखनको आंशका लाग्ने घटनाहरु भएमा प्रहरीमा जानकारी गराउन उनको आग्रह छ ।

कार्यक्रममा दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाई)ले मानव बेचविखन विरुद्धको अभियानमा एक्यवद्धता व्यक्त गर्दै मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला पक्षहरु संग समन्वय गर्ने बताए ।
मानव अधिकारकर्मी सरस्वती नेपालीले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका व्यक्तिहरु बेचबिखनमा पर्ने गरेकोले उनिहरुको सशक्तिकरणमा सरकारले ध्यान दिनुपर्ने बताइन् । दलित, महिला, पिछडावर्गका व्यक्तिहरु बढी प्रभावीत भएकाले उनिहरुलाई राज्यको मुलधारमा ल्याउनुपर्ने बताइन् ।
मानव बेचबिखन विरुद्धको जिल्ला समन्वय समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको अध्यक्षतामा दिवस मनाइएको हो ।




