


बैतडी -बैतडीमा चितुवाको आक्रमणबाट एक किशोरी गम्भिर घाइते भएकी छिन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका ३ बगरेठीकी जयराम लुहारकी अन्दाजी १७ वर्षिय छोरी पुजा लुहार गम्भिर घाइते भएकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

उनको अवस्था गम्भिर रहेको र उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको उनले बताए । चितुवाले उनको घाँटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।
तालिगाडरोल भन्ने स्थानमा घाँस काट्न गएका बेला बिहीबार अन्दाजी मध्याह्न १२ बजेतिरको समयमा उनलाई चितुवाले आक्रमण गरेको हो । घाँस काटिरहेको स्थानबाट घास काट्न गएकी लुहारलाई चितुवा करिव पाँच सय मिटर तल घिसारेर लगेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले जानकारी दिए




