Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वरमा चितुवाको आक्रमणबाट घाइते किशोरी डडेल्धुरा रेफर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा चितुवाको आक्रमणबाट घाइते भएकि किशोरीलाई डडेल्धुरा रेफर गरिएको छ। जिल्लाको पञ्चेश्वर गाउपालिका–३ बगरेठी मेलडुङरीकी १७ वर्षीया पुजा लोहारलाई आज मध्यान्न चितुवाले आक्रमण गरेको थियो ।

 

जय भगवति मेलौली सुनचाँदी

चितुवाको आक्रमणबाट घाइते किशोरीको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि डडेल्ुधरा रेफर गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

 

टाउकोमा चोटका कारण सिटिस्क्यान गर्न पर्ने भएकाले डडेल्धुरा रेफर गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । घाइते पुजाको अवस्था खतरामुक्त रहेको पनि स्वास्थ्यकर्मीहरुले बताएका छन् । पुजालाई आज मध्यान्ह साढे १२ बजेतिर घर नजिकै तालिगाडरोल बनमा घाँस काटिरहेका बेला चितुवाले आक्रमण गरेको हो।

गाउँका चार पाँच जनाको समूहमा घाँस काटिरहेकी पुजालाई चितुवाले आक्रमण गरेको पञ्चेश्वर गाउँपालिका ३ का वडाअध्यक्ष मीन बहादुर चन्दले बताए । चितुवाले पुजामाथि आक्रमण गर्दा संगै घाँस काटिरहेकाहरुले हो–हल्ला गर्दा चितुवा पुजालाई छाडेर भागेको थियो ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page