Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङमा दुई बालिकामाथि सामूहिक करणी आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बझाङः बझाङको मष्टा गाउँपालिकामा दुई बालिकामाथि सामूहिक करणी भएको छ। मष्टा गाउँपालिकामा दुई जना बालिकालाई ३ जनाले जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ।

जय भगवति मेलौली सुनचाँदी

आरोपित तीनै जनाको उमेर नखुलेको र उनीहरू घटनास्थलबाटै फरार भएको प्रहरीले जनाएको छ। गत भदौ १४ गते साँझ ६ बजेतिर पसल हिँडेका बालिकालाई आरोपितले स्थानीय सरस्वती मावि हातामा बोलाएको र नजिकैको जंगलमा लगेर जबरजस्ती करणी गरेको बालिकाका आफन्तले बताएका छन्।

पीडितका आफन्तलाई पीडकका आफन्तले धम्क्याइरहेको विषय समेत बाहिर आएको छ।
जिल्ला प्रहरी कार्यालय बझाङले भने आरोपितहरुको खोजी भइरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीले स्वास्थ्य जाँच गर्दा बालिकामाथि करणी गरेको प्रमाणित भइसकेको बताएका छन्। मुद्दा दर्ता गरेर अभियुक्तको खोजी भइरहेको छ। अभियुक्तहरूको उमेर प्रमाणित गर्न वडालाई पत्र लेखिएको र अदालतबाट पक्राउ पुर्जी लिएर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page