Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वर स्वास्थ्यचौकीमा अब चौबिसै घण्टा स्वास्थ्य सेवा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -प्रकाश भट्ट,बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं १ स्थित पञ्चेश्वर स्वास्थ्य चौकीमा चौबिसै घण्टा स्वास्थ्य सेवा सुरु भएको छ स्वास्थ्यचौकीमा मंगलबार देखि चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा पाइने भएको हो ।हिजो एक कार्यक्रमकाबीच स्वास्थ्यचौकीलाई चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा दिने संस्थाको रुपमा घोषणा गरिएको हो ।

 

जय भगवति मेलौली सुनचाँदी

स्वास्थ्य संस्थामार्फत चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गरिने स्वास्थ्यचौकी इञ्चार्ज शुरेश सार्कीले बताए । यसअघि चौबिसै घण्टा सुरक्षित प्रसूती सेवा दिइरहेको स्वास्थ्य संस्थाले अब अन्य आकस्मिक सेवाहरु पनि चौबिसै घण्टा प्रदान गर्ने सार्किले बताए।

पञ्चेश्वर स्वास्थ्य चौकि सन्चालन तथा ब्यवस्थापन समिति अध्यक्ष एवं वडा नं १ का अध्यक्ष दिवान सार्कीको अध्यक्षतामा बैठक सन्चालन गरि स्वास्थ्य चौकिमा चौबिसै घण्टा आकस्मिक स्वास्थ्य सेवा सन्चालन गरिएको बताए।

स्वास्थ्य ब्यवस्थापन समिती वडा नं १ को निर्णयनुसार स्वास्थ्य चौकीमा चौबिसै घण्टा आकस्मिक सेवा सुरु गरिएको वडा अध्यक्ष सार्किले बताए।स्वास्थ्य क्षेत्रमा नागरिकको समस्यालाइ मध्यनजर गर्दै पञ्चेश्वर स्वास्थ्यचौकीमा चौबिसै घण्टा आकस्मिक सेवा सन्चालन गरेकोमा आम नागरिकहरुले खुसि ब्यक्त गरेका छन।

 

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page