


बैतडी -बैतडीमा जिपले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका ६ को हिरापुर नजिकै जिपले मोटरसाइकललाई ठक्कर दिदा २ जना घाइते भएका हुन् ।

खोडपेबाट बैतडी सदरमुकाम गोठलापानीतर्फ गइरहेको बा २ ग २२६२ नम्बरको मोटरसाइकललाई गोठलापानीबाट खोडपे तर्फ आउदै गरेको म १ ज २२७ नम्बरको जिपले ठक्कर दिदा मोटरसाइकल भिरमा खस्नगई दुर्घटना भएको हो । मोटरसाइकलमा सवार कृषि ज्ञान केन्द्र बैतडीमा कार्यरत कन्चनपुरको भिमदत्त नगरपालिका घर भएका नरेन्द्र बहादुर चन्द गम्भिर घाइते भएका छन् । मोटरसाइकल चालक कृष्ण पाण्डेय समान्य घाइते भएका छन् । उनिहरु दुबैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल करिब ४० मिटर तल खसेको छ । ठक्कर दिने जिप र चालकलाई नियन्त्रणमा लिइएको छ ।




