Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीमा पनि पाँच वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदै छ । शुक्रबार र शनिवार राष्ट्रिय कार्यक्रम अनुसार नै बैतडीमा पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागेको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले जानकारी दिनुभयो ।

 

६ महिना देखि ५९ महिना सम्मका २२ हजार ५५१ बालबालिकाहरुलाई भिटामिन ए क्यापसुल र १ देखि ५ वर्षमुनिका २० हजार ३५ बाललबालिकाहरुलाई जुकाको औषधी खुवाइन लागेको उहाँले बताउनुभयो ।

जय भगवति मेलौली सुनचाँदी

शुक्रबार छुटेका बालबालिकालाई शनिवार पनि खुवाइने सूचना अधिकारी लेखकले बताए। स्वास्थ्य कार्यालयले आफ्ना बालबालिकालाई महिला स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि जिल्ला भित्र स्वयंसेविका परिचालन गरिएका बताइएको छ ।

 

वर्षमा दुई पटक बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधी खुवाइने गरिन्छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, यस वर्ष दशैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।

 

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page