Vutlaxapu
Laxmibhuwan sun chadi

देउवा स्वदेश फर्कँदा धरपकड भए विरोध गर्छौं- शशांक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौ ।नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका राष्ट्रिय भेला आयोजक समितिका संयोजक शशांक कोइरालाले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा धरपकड भए विरोध गरिने बताएका छन्।

शुक्रबार सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका कोइरालाले देउवा स्वदेश फर्कदा सरकारले धरपकड गरे विरोधमा उत्रने बताएका हुन्।

जय भगवति मेलौली सुनचाँदी

‘जहाँसम्म मलाई लाग्छ, धरपकड हुँदैन, भइहाल्यो भने त्यो बेला हामी विरोध गर्छौं,’ शशांकले भने। देउवा ५ महिनापछि साउन २६ गते बेलुकी स्वदेश फर्कंदैछन्। उनी उपचारका क्रममा हङकङमा छन्।

साथै कोइरालालाई हङकङ गएर देउवासँग भेटेर फर्किएको हो भनेर सोधिएकोमा जबाफ दिए, ‘होइन होइन, म गएको छैन।’

संस्थापनइतरले पछिल्लो समय गरेका कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला देखिएका छैनन्।

यसबारे शशांकले भने, ‘उहाँहरूको समर्थन छ, पूर्णजीको स्वास्थ्य नराम्रो भएको हुनाले उहाँ आउन सक्नुभएन। शेखर दाइ विराटनगर हुनुहुन्छ, उहाँले घर बनाउँदै हुनुहुन्छ, त्यसमा व्यस्त हुनुहुन्छ। उहाँहरूको पूरा समर्थन छ।’संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म भेला गर्ने तयारी गरेका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page