Vutlaxapu
Laxmibhuwan sun chadi

गठबन्धन बनाउनै सकस, जोगाउनै मुश्किल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

५ पुस, काठमाडौं । ०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिवादमा उत्रिएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपालले सडक जानु अगाडि नै नेपाली कांग्रेसतिर सहकार्यको हात अघि बढाएका थिए । ५ पुसमै कांग्रेस नेताहरूलाई भेटेर छलफल गरेका दुई नेता ६ गते कांग्रेस पार्टी कार्यालय, सानेपामा बसेको सर्बदलीय बैठकमा ओलीलाई साथ दिने नेकपाको एउटा खेमाबाहेक सबै दलबीच मोर्चाबन्दी गरेर आन्दोलन गर्ने प्रस्ताव गरे ।

तर रामचन्द्र पौडेल समूहको चर्का दबावका बाबजुद प्रमुख विपक्षी कांग्रेसले मोर्चाबन्दीको प्रस्ताव अस्वीकार गर्‍यो ।एक्लाएक्लै आन्दोलन गर्ने बताएको उसले १३ पुसमा १६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने बतायो । भक्तपुर क्षेत्र नम्बरको त्यही कार्यक्रममा सभापति शेरबहादुर देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको विरोधमा नबोल्न निर्देशन दिए ।

संस्थापन इतर समूहका नेताहरू खुलेरै संसद विघटनको विरोधमा उत्रिँदा पनि देउवाले मौन रहेर चुनावमा जानुपर्छ भन्ने सोचलाई मलजल गरिरहे । नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्मा भन्छन्, ‘संसद विघटन बेठीक हो । तर, बामपन्थीहरू विघटित भएका बेला चुनावमा जाँदा फाइदा हुन्छ भन्ने कांग्रेसभित्रको सोचले केही समय अलमल भयो । तर, त्यो चुनौतीपुर्ण अवस्थालाई पार गरेर लोकतान्त्रिक मुल्य मान्यताको पक्षमा कांग्रेस उभिँदा बलियो गठबन्धन बनेको छ ।’

 

गठबन्धन सहजै बनेको भने होइन । कांग्रेसले सिमित दबावमुलक आन्दोलन गर्दा पनि सभापति देउवाले तत्कालीन प्रधानमन्त्री ओलीको संसद विघटनलाई मदत पुग्ने गरी चुनावको पक्षमा मत सार्वजनिक गरिरहे ।

जय भगवति मेलौली सुनचाँदी

जब ११ फागुन २०७८ मा सर्वोच्च अदालतबाट विघटित संसदको पुनर्स्थापना भयो । आमसभाका लागि चितवनमा पुगेका प्रचण्ड र नेपाल, काठमाडौं आएर सिधै बुढानीलकण्ठ पुगे र देउवालाई प्रधानमन्त्री अफर गरे ।’नेकपा एउटै भएको र नेकपाकै सरकार रहेको अवस्थामा कसरी प्रधानमन्त्री बन्नसक्छु ?’ भन्दै देउवाले अफर स्वीकार गर्न आनाकानी गरे ।

तर २३ फागुन २०७७ मा सर्वोच्च अदालतबाट नेकपा एकता भंग हुने र नेकपा एमाले र माओवादी केन्द्र ब्युँतने फैसला भएपछि माहोल फेरिँदै गयो । कांग्रेस नेताहरूका अनुसार नेकपा विभाजित भएपछि नयाँगठबन्धन बन्छ र गठबन्धनको सरकार बनेर अगाडि जान सकिन्छ भन्ने विश्वास बढ्दै गएको थियो । एक नेता भन्छन्, ‘कांग्रेसलाई उचालेर ओली नेतृत्वको सरकार ढाल्ने र अनुकुल समयमा फेरि देउवा सरकार ढल्न सक्छ भन्ने शंकाकाबीच नेकपा एकता भंग भएपछि कांग्रेस नयाँ समिकरणका लागि वातावरण बन्दै गयो ।’

तर देउवाले गठबन्धनका लागि अझै हात बढाएनन्, जनता समावादी पार्टीमा प्रकट भएको दुई धारलाई देखाएर संसदमा बहुमतको सुनिश्चितता खोजिरहे । जब कणर्ाली प्रदेशमा एमालेको माधवकुमार नेपाल समूहले फ्लोर क्रस गरेर पनि माओवादी नेतृत्वको सरकार जोगायो, ६ वैशाख २०७८ मा देउवाले तत्कालिन प्रधामन्त्री ओलीविरुद्ध फायर खोलेको । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘केपी ओली भारतको टाङमुनि छिरिसकेको’ भन्ने कडा अभिव्यक्ति दिएका थिए । त्यही दिन देउवा र ओलीबीच अघोषित सहमतिको सिलसिला अन्त्य भएको अनुमान राजनीतिक बृत्तमा भएको थियो ।

#अनलाइन खबर

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page