


बैतडी — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले बैतडीमा जिल्ला अधिवेशन सम्पन्न गरेको छ। अधिवेशनबाट जिल्ला सभापतिमा वीरबहादुर विष्ट चयन भएका छन्।
अधिवेशनले जिल्ला कार्यसमितिका विभिन्न पदमा नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट उपसभापतिमा रेशम दत्त पाण्डेय र नरेश भण्डारी चयन भएका छन्।

त्यस्तै, सचिवमा लालबहादुर चन्द र महेश दत्त भट्ट चयन भएका छन्। सहसचिवमा केदारनाथ भट्ट र वीरबहादुर गडाल चयन भएको जानकारी प्राप्त भएको छ।
अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जिल्लामा नेपाली कांग्रेसको गतिविधि प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक प्रतिस्पर्धाका बीच बैतडीमा देउवा पक्षले आफ्नो नेतृत्व चयन गरेको हो।




