Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिमका मुख्यमन्त्रीको ११ महिनाको ‘टिकट खर्च’ साढे ५ लाख

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

धनगढी संबाददाता -सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हवाई टिकट खर्चमा मात्र साढे ५ लाख सकेका छन्। प्रदेशका मुख्यमन्त्री शाहले ११ महिनामा ५ लाख ५६ हजार आठ सय २६ रुपैयाँ हवाई भाडामा खर्च गरेका हुन्।प्रदेशका मुख्यमन्त्री शाह ११ महिनामा २२ पटक सङ्घीय राजधानी काठमाडौँ गएका छन्। गत वर्षको माघ २७ गते मुख्यमन्त्रीको शपथ लिएपछि उनी २२ पटक काठमाडौँ गएको तथ्याङ्कले देखाएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तथ्याङ्क अनुसार उनको काठमाडौँको यात्रा शपथ लिएको भोलिपल्टैदेखि सुरु भएको देखिन्छ। माघ २७ गते शपथ लिएर उनी २८ गते नै सङ्घीय राजधानी उडेका थिए। शाहले त्यो दिनको भ्रमणको कारण प्रधानमन्त्रीसँग भेटघाट तथा छलफल देखाएका छन।

२०७९ सालको फागुनमा मात्र उनी तीन पटक सङ्घीय राजधानी पुगेका छन्। फागुन ९ गते, २४ गते र २८ गते गरी एकै महिनामा उनी सङ्घीय राजधानी गएका हुन। फागुन २४ गएर २६ गते फर्किएका मुख्यमन्त्री २७ गते एक दिन मात्र धनगढी बसेर फेरि २८ गते सङ्घीय राजधानी उडेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको तथ्याङ्कमा उल्लेख छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page