


बैतडी -बैतडीमा रुखले च्यपिएर एक युवकको मृत्यु भएको छ । पाटन नगरपालिका वडा नं ५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखमुनी च्यापिएर मृत्यु भएको हो ।

आज बिहान करिब ९ बजेको समयमा घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेयको सोहीरुखमुनी च्यापिएर गम्भीर घाइते भएका थिए ।
मध्यान्ह १२ बजेको समयमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए ।
प्रकाश पाटन नगरपालिका वडा नं १ को स्थित सिद्धेस्वर मावि मेल्चौरामा कक्षा १०मा अध्यायनरत थिए ।




