Vutlaxapu
Laxmibhuwan sun chadi

सुदुरपश्चिममा शुक्रबार राति मन्त्री बनेका मन्त्रीलाई फिर्ता हुन नागरिक उन्मुक्तिको निर्देशन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा शुक्रबार राति मन्त्री बनेका सांसदलाई फिर्ता हुन निर्देशन दिएको छ।

 

पार्टी नेतृत्वसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रञ्जिता श्रेष्ठले तत्काल फिर्ता हुन निर्देशन दिएकी हुन्। उनले पार्टीको निर्णय विपरीत मन्त्री बनेकाहरुलाई तत्काल छोड्न निर्देशन दिएकि छन्। नेतृत्वसँग सल्लाह नै नगरेर मन्त्री बनेकाहरुलाई तत्काल छोड्न पार्टीले निर्देशन दिएको हो।

जय भगवति मेलौली सुनचाँदी

मन्त्रीबाट राजीनामा दिएर प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिन निर्देशन दिए पनि पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले कारबाही गर्ने चेतावनी समेत दिएकि छन्। शुक्रबार राति मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसिराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्री नियुक्त गर्दै राति नै सपथ ग्रहण गराएका थिए।

जब कि श्रेष्ठले शुक्रबार नै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर संसदीय दलका नेता घनश्याम चौधरीले पार्टीकै सल्लाहमा सरकारमा सहभागि भएको दाबी गर्दै आएका थिए। अहिले सरकारमा गएका दलका नेतासहित प्रदेश सभा सदस्य पार्टीका संरक्षक रेशम चौधरी निकट मानिन्छन्। चौधरीलाई निर्वाचन आयोगले अध्यक्षमा निरन्तरता नदिएपछि श्रेष्ठ नेतृत्वकै कार्यसमितिलाई पार्टी सञ्चालन गर्ने अधिकार मिलेको थियो।

रेशमको जोडबलमा सरकारमा गएका प्रदेश सभा सदस्यहरुलाई पार्टी अध्यक्षले फिर्ता हुन निर्देशन दिएपछि उनीहरु नैतिक संकटमा परेका छन्। माओवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले आफ्नो पक्षमा बहुमत पुगाउन नागरिक उन्मुक्तिसहित राप्रपा र स्वतन्त्र सांसदलाई सरकारमा सहभागी गराउने कसरत गरिरहेका थिए। राप्रपा र स्वतन्त्र सांसदले नागरिक उन्मुक्तिको भूमिका स्पष्ट नभएको बताएपछि शाहले मन्त्री थपेका थिए। उन्मुक्तिका रामेश्वर चौधरी यसअघि नै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री बनेका थिए।

पार्टी अध्यक्ष रञ्जीता श्रेष्ठले सरकार छाड्न निर्देशन दिएपछि नागरिक उन्मुक्ति पार्टी अन्तर्गत सुदूरपश्चिम प्रदेश सभामा रहेको संसदीय दलले बैठक बोलाएको छ। सुदूरपश्चिम प्रदेश सरकारका विषयमा निर्णय गर्न बैठक बोलाएको दलका नेता घनश्याम चौधरीले बताए। उनले सरकारमा रहने वा नरहने भन्ने विषयमा निचोड निकाल्ने बताए। नागरिक उन्मुक्ति पार्टीले सरकार छोड्ने निर्णय गरेमा शाह नेतृत्वको सरकार ढल्ने निश्चित छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page