Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा कार दुर्घटना हुँदा दुई जना घाइते

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी -बैतडीमा कार (अल्टो) दुर्घटना हुदा दुई जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जादै गरेको सु.प.प्र ०१००१ च ३८२१ नम्बरको कार सतबाँज–गोकुलेश्वर सडकखण्डको दोगडाकेदार ३ श्रीकोटमा आइतबार बिहान करिब २ः१५ बजे अल्टो दुर्घटनामा परेको हो।

 

जय भगवति मेलौली सुनचाँदी

घाइते हुनेमा कारमा सवार दार्चुलाको शैल्यसिखर नगरपालिका घर भएका अन्दाजि २८ बर्षिय शेर बहादुर बोहरा र चालक बैतडीको दशरथचन्द नगरपालिका १ गुरुखोलाका नरेन्द्र भट्ट घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घाइते मध्ये दार्चुलाको शैल्यसिखर घर भएका बोहराको टाउकोमा चोट लागेको हुँदा अवस्था गम्भीर रहेको छ । घाइते दुबैको अवस्था गम्भीर रहेकोले रातिनै जिल्ला अस्पताल बैतडीबाट रेफर गरि डडेल्धुरा पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए।

दुर्घटनाग्रस्त कार सडकदेखी करीब डेढ सय मिटर तल खसेको हो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page