Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाका सबै वडा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाका ८ वटै वडाहरुलाई बुधबार एक कार्यक्रमका बिच पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष अध्यक्ष चक्रबहादुर कार्किको प्रमुख आतिथ्यतामा गाउँपालिकाका सबै वडा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

जय भगवति मेलौली सुनचाँदी

सबै वडाका जन्मे देखि १५ महिना मुनिका कुल ४सय ५२जना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसारका सम्पुर्ण खोपहरु पुरा प्राप्त गरे संगै वडाहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएकोे स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए।

वडाहरुलाई पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिए संगै गाँउपालिकालाइ पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागी जिल्ला खोप समन्वय समितिलाई सिफारिस गरिएको उहाले बताउनुभयो । ८ वटै वडामा रहेका स्वास्थ्य चौकि प्रमुखहरुलाइ गाँउपालिका अध्यक्ष चक्रबहादुर कार्किले प्रमाण पत्र प्रदान गर्दै वडा पुर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गर्नु भएको हो ।

कार्यक्रममा गाँउपालिका भित्र संचालनमा रहेका विभिन्न स्वास्थ्य चौकी प्रमुख, बर्थिङ सेन्टरमा कार्यरत अनमी, खोप कार्यकर्ता लगायत विभिन्न वडाका जनप्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम दोगडाकेदार गाँउपालिकाको हलमा सम्पन्न भएको हो ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page