Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरिएको छ। सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बुधवार राति १२ बजेदेखि प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेका हुन्।सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन अन्त्य गरेको सुदूरपश्चिम सरकार अध्यादेशको तयारीमा छ। प्रदेश सरकारले तत्काल राजस्व सङ्कलनका लागि अध्यादेश ल्याउने तयारी गरेको हो। सुदूरपश्चिमको बजेट शून्यताको अवस्था हटाउन राजस्व सङ्कलन सम्बन्धी व्यवस्था गर्न बनेको सामूहिक कर अध्यादेश २०८१ ल्याइन थालिएको छ।

जय भगवति मेलौली सुनचाँदी

सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयले मस्यौदा गरेको उक्त अध्यादेश बुधवार मन्त्रीपरिषद् बैठकमा पेस गरिएको थियो। बिहिवारको मन्त्रीपरिषद् बैठकले अध्यादेश स्वीकृत गरि प्रमाणीकरणका लागि प्रदेश प्रमुखलाई पठाइने सुदूरपश्चिम सरकारले बताएको छ।

प्रदेश प्रमुखले अध्यादेश प्रमाणीकरण गरेपछि सुदूरपश्चिममा श्रावण १ गतेदेखि ठप्प रहेको राजस्व सङ्कलनको अवस्था अन्त्य हुनेछ भने राजस्व सङ्कलनको बाटो खुल्नेछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page