Vutlaxapu
Laxmibhuwan sun chadi

पहिरोले सुर्नयामा दोहोरो जोखिम, नदी थुनिँदा बस्तीमा पस्ने खतरा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी ।सुर्नया गाउँपालिका–८ ढोले रातापानी टोलमा पहिरो खस्दा स्थानीय बस्ती दोहोरो जोखिममा परेको छ। माथिल्लो भागमा खसेको पहिरोले रातापानी टोलका घर जोखिममा परेका छन् भने पहिरोका कारण सुर्न्या नदी थुनिएपछि नदीको पानी बस्तीमा पस्ने जोखिम बढेको स्थानीयले बताएका छन्।

पहिरो खसेको स्थानको माथिल्लो क्षेत्रमा रहेका करिब १० देखि १५ घर जोखिममा छन्। यस्तै, नदीको किनारमा रहेका थप १० देखि १५ घरसमेत नदी थुनिएर पानीको सतह बढेपछि जोखिममा परेका छन्। स्थानीय डम्बर बोहराको घर उच्च जोखिममा रहेको बताइएको छ।

स्थानीयका अनुसार पहिरोले सुर्न्या नदीको बहाव अवरुद्ध गरेपछि नदीको पानी बस्तीको आसपास जम्मा हुन थालेको छ। समयमै पहिरो व्यवस्थापन गरी नदीको बहाव सहज नबनाए थप क्षति हुन सक्ने स्थानीयको चिन्ता छ।

जय भगवति मेलौली सुनचाँदी

स्थानीय डम्बर बोहराका अनुसार घटनापछि अहिलेसम्म सम्बन्धित सरोकारवाला निकायको पर्याप्त ध्यान पुग्न सकेको छैन। जोखिममा रहेका बस्ती र घर जोगाउन तत्काल आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ।

पहिरो हटाउन गाउँपालिकाबाट सानो जेसीबी पठाइए पनि पहिरोको अवस्था र क्षेत्र ठूलो भएकाले त्यसबाट प्रभावकारी काम हुन नसकेको स्थानीयको गुनासो छ। ठूलो क्षमताको मेसिन ल्याएर पहिरो हटाउन सके नदीको बहाव खुलाउन र बस्तीलाई सम्भावित जोखिमबाट जोगाउन सकिने स्थानीयको भनाइ छ।

स्थानीयले तत्काल ठूलो मेसिन परिचालन गरी नदीको बहाव खुलाउन, पहिरो नियन्त्रणका लागि आवश्यक काम गर्न र जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायसँग माग गरेका छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page