Vutlaxapu
Laxmibhuwan sun chadi

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल हुने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ —एसियाली फुटबल महासंघले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल खेल खेलाउनका लागि अनुमति दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन योग्य रहेको रिपोर्ट दिएको छ ।

विश्वकप छनोट खेलका क्रममा एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्न अयोग्य भएको जनाएको थियो । एएफसीले रंगशालालाई अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य गरेपछि चैत महिनाबाट राष्ट्रिय खेलकुद परिषद् आफैंले मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो ।

जय भगवति मेलौली सुनचाँदी

यही साउन ९ गते एएफसीका प्रतिनिधि दशरथ रंगशालाको निरीक्षण तथा अवलोकनमा आएका थिए । एएफसी प्रतिनिधिले रंगशालामा अहिले मापदण्ड पूरा भएको प्रतिवेदन दिएको राखेपले जनाएको छ ।

दशरथ रंगशालामा अब यही साउन २९ गते एएफसी च्यालेन्ज लिगअन्तर्गत प्रारम्भिक खेल हुनेछ । त्यसमा भुटानको पारो एफसी र नेपालको चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भएको एएफसीले गत चैतमा प्रतिवेदन दिएपछि २०८० चैत ८ मा नेपालमा हुनुपर्ने विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको नेपाल र बहराइनबीचको खेल बहराइनमै भएको थियो भने जेठ २४ मा यूएईसँगको खेल साउदी अरेबियामा खेलेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page