



बैतडी, हलिया मुक्त समाज बैतडीको अध्यक्षमा सरस्वती कोली चयन भएकी छन् । बिहिबार पाटनमा सम्पन्न हलिया मुक्ति समाज बैतडीको अधिवेशनबाट कोलीको नेतृत्वमा सर्बसम्मत जिल्ला समिति गठन गरिएको हो ।
१५ सदस्यीय जिल्ला समितिमा उपाध्यक्षमा लछिराम लुहार, सचिवमा पुष्करराज कोली र कोषाध्यक्षमा ललिता भुल रहेकी छन् ।
सरस्वती कोली पाटन नगरपालिकाकी निवर्तमान उपप्रमुख समेत हुन् । सबै पक्षसँग आपसी समन्वय गरी हलियाका क्षेत्र काम गर्न विषेश भुमिका खेल्ने बताइन् ।
१६ औ हलिया मुक्ती घोषणा दिवसको पूर्वसन्ध्यामा बिहिबार पाटन नगरसभा हलमा जिल्ला हलिया मुक्ति समाजको अधिवेशनको आयोजना गरिएको हो ।
हलिया मुक्त सामाजका निवर्तमान अध्यक्ष रमेश कोलीकामे सभाध्यक्षतामा आयोजना गरिएको अधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावाल रहनु भएको थियो । बिशिष्ट अतिथिमा उपप्रमुख कमल सिंह बोहरासहित दलित अधिकारको क्षेत्रमा काम गर्दै आएका विभिन्न प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।




