Vutlaxapu
Laxmibhuwan sun chadi

भुइमा लत्र्याएर तानेको तारमा करेन्ट लागेर बैतडीमा एक बालकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी -बैतडीमा करेन्ट लागेर एक बालकको मृत्युु भएको छ । जिल्लाको सुर्नया-८  बाच्पानीका दिपक बोहराका १२ वर्षीय छोरा बसन्त बोहराको मृत्यु भएको हो ।
शुक्रबार मध्याह्न करिब १२ बजेको समयमा स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा  चराउन गएका बोहराले समातेको लट्ठी जमिन नजिकै भएर तानिएको विधुतको तारमा करेन्ट लागेर बोहराको मृत्यु भएको स्थानीय डबल बोहराले जानकारी दिए ।
बाख्रा चराउने क्रममा भुइ नजिकैबाट लत्रीएर तानिएको तारमा छोइन गइ करेन्ट लागेको हो ।
खोडपे देखि श्रीभावरसम्म तानिएको लाइनमा उक्त घटना भएको हो । भुइ नजिकैबाट लापरबाही तवरले तार तानिएको स्थानीयहरुले बताएका छन् । विधुतको चरम लापरबाहीले यो घटना भएको स्थानीयको आरोप छ ।
यसअघि पनि उक्त ठाउमा घटना भएका थिए ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page