Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारको सलसेना भीरमा सुख्खा पहिरो, महाकाली राजमार्ग अवरुद्ध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: सुक्खा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेना भीरमा सडकमाथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो।

बुधवार दिउँसो साढे २ बजे खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

जय भगवति मेलौली सुनचाँदी

सडकमाथिबाट ठूलो पहिरो खसेकाले राजमार्ग सञ्चालन गर्न समय लाग्ने स्थानीय प्रशासनले जनाएको छ।

अवरुद्ध राजमार्गको पहिरो हटाएर खोल्न पहल भइरहेको प्रवक्ता पाण्डेयले बताए।

राजमार्ग अवरुद्ध हुँदा दार्चुला र बैतडीबीच सडक यातायात बन्द भएको छ। यसका साथै लामो तथा छोटो दूरीका सवारीसाधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका छन्।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page