Vutlaxapu
Laxmibhuwan sun chadi

स्थानीय तह चुनाव : बैतडीमा यस्तो छ गठबन्धनको भागबन्डा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

चैत्र २४ सत्ता गठबन्धनका नेताहरुबीच स्थानीय तहको निर्वाचनमा तालमेलका लागि छलफल जारी छ । बैतडीमा पनि गठबन्धन गरेर निर्वाचनमा सहभागी हुन् बिहीवार बिहानदेखि छलफल जारी छ ।

१० वटा पालिका रहेको बैतडीमा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले ६ पालिका, माओवादी केन्द्रले १ पालिका र नेकपा एमालेले ३ पालिकामा चुनाव जितेको थियो । अहिले कांग्रेसले ८ पालिकामा दाबी गरेको छ ।

चुनाव जितेका पाटन, मेलौली, दशरथचन्द नगरपालिका, सिगास, सुनर्या, शिवनाथ गाउँपालिकासहित ८ पालिकाको नेतृत्व माग गरेको कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।

‘हामीले जितेका ६ पालिकामा स्वभाविक रुपमा हाम्रो दाबी रहन्छ,’ उनले भने, ‘नेकपा एमालेले जितेका पालिकामध्ये २ पालिका हामीलाई दिनुपर्छ, त्यसबाहेक अन्य सहमति हुँदैन् ।’

जय भगवति मेलौली सुनचाँदी

अघिल्लो स्थानीय निर्वाचनमा एमालेले पञ्चेश्वर गाउँपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा चुनाव जितेको थियो । माओवादी केन्द्रले पुर्चौडी नगरपालिकामा जित हात पारेको थियो ।

एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी)ले पनि बैतडीमा ४ पालिकामा नेतृत्व खोजेको एक नेताले बताए । उसले पाटन, मेलौली नगरपालिका, सुर्नया र सिगास गाउँपालिकाको नेतृत्व मागेको छ ।

माओवादी केन्द्रले पुर्चौडी, मेलौली, पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकामा आफ्नो नेतृत्व माग गरेको छ । अहिले सत्ता गठबन्धनका नेताहरुले बढी पालिकामा दाबी गरेपनि अन्ततः ६ पालिका कांग्रेस, २ पालिका समाजवादी र २ पालिका माओवादी केन्द्रले पाउने सम्भावना बढी रहेको गठबन्धनका एक अर्का नेताले  बताए ।

‘सिगास र सुर्नया गाउँपालिका एकीकृत समाजवादी र पुरचौंडी नगरपालिका र डिलाशैनी गाउँपालिका माओवादी केन्द्रले पाउने सम्भावना बढी छ,’ ती नेताले भने, ‘कांग्रेसले ती बाहेक अन्य ६ पालिका पाउने गरी सहमति जनाउँनेमा विश्वास छ ।’

बैतडीमा चुनावी तालमेल गर्न अहिले सत्ता गठबन्धनका नेताहरुबीच सदरमुकाममा छलफल जारी छ । सत्ता गठबन्धनको बैठकमा एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य तथा बैतडी इन्चार्ज परमानन्द भट्ट, माओवादीका केन्द्रीय सदस्य तथा बैतडी इन्चार्ज नरेन्द्र कुँवर (विजय सुन्दर) र नेपाली कांग्रेसका सभापति चतुरबहादुर चन्दसहितका नेताहरुबीच छलफल भइरहेको हो ।  # सिमारेखा

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page