Vutlaxapu
Laxmibhuwan sun chadi

प्रहरीमा छविको बयान : ‘गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै हो’

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ —सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पोखरा पुगेको छ । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौंमा पक्राउ गरी कास्की पुर्‍याइएपछि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पनि पोखरा खटाएको हो ।

जोशीलाई संगठित अपराध र ठगीमा थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई सोमबार पाँच दिनका लागि अनुमति दिएको छ । कास्की प्रहरीका अनुसार जोशीसँग जिल्ला सरकारी वकिल कार्यालयको रोहवरमा प्रारम्भिक बयान सुरु गरिएको छ ।

बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका छन् । ‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ,’ जोशीको भनाइ उद्धृत गर्दै एक प्रहरी अधिकारीले भने, ‘जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्, गोर्खा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो । भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन् । रविले जीबीलाई भगवान् नै भनेर उचालेका थिए ।’

छविले भनेजस्तै ग्यालेक्सी टेलिभिजनको उद्घाटनका दिन लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरामा भनेका थिए, ‘टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ क्याउँक्याउँ नगर्नुहोला । यो उद्यम व्यवसाय गरेर, सरकारलाई कर तिरेर कमाएको पैसा हो, त्यो नै लगानी गरेको हो ।’ तर अहिले प्रमाणित भएको छ, जीबी र रविले त्यो पैसा काठमाडौं, पोखरा, चितवन, वीरगन्ज र बुटवलका सहकारीबाट ल्याएका थिए । सहकारीबाट कम्पनीमा आएको ६५ करोड ५४ लाख प्रवाह भएको मात्र होइन, सबैजसो रकम लामिछाने आफैंले चेक काटेर खर्च गरेको पनि पुष्टि भएको छ । तर, नाम, ठेगाना, तस्बिर र हस्ताक्षरसहित खाता खोलेका रवि लामिछाने यो खाताप्रति उत्तरदायी नहुने भन्दै उनी नेतृत्वको पार्टी रास्वपाले आफ्नै कार्यकर्तालाई अन्धकारमा राख्न प्रयास गरिरहेको छ ।

जय भगवति मेलौली सुनचाँदी

गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीले ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोली सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख लगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले किटान गरेको छ । प्रतिवेदनले गोर्खा मिडियाका चार सञ्चालक राई, जोशी, लामिछाने र कुमार रम्तेललाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।

प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालय, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय हुँदै असोज ६ मा प्रहरी प्रधान कार्यालय पठाइएको थियो । त्यही दिन प्रहरीले जरुरी पुर्जी थमाएर पूर्वडीआईजी जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरेको थियो । लगत्तै उनलाई जहाजमा कास्की पुर्‍याइएको थियो ।

कास्की प्रहरीको अनुसन्धान र पोखरा महानगरपालिकाको छानबिनमा सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा लगेर अपचलन गरिएको पुष्टि भएको थियो । त्यही प्रकरणमा पहिलो चरणको अनुसन्धान सकेर २०८० असोज १८ मा कास्की जिल्ला सरकारी वकिल कार्यालयले सूर्यदर्शनका संस्थापक अध्यक्ष राईसहित १९ जनालाई प्रतिवादी बनाएर १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबीसहित अदालतमा ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । उक्त मुद्दा अदालतमै विचाराधीन छ । त्यस बेला लामिछाने र जोशी अनुसन्धान दायराभन्दा बाहिर थिए ।

पीडित बचतकर्ताले २०८० माघमा लामिछाने, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसहितलाई आरोपित बनाएर प्रहरीमा पूरक जाहेरी दिएका थिए । तर, आरोपित लामिछाने नै उपप्रधानसहित गृहमन्त्री बनेपछि अनुसन्धान अवरुद्ध बनेको थियो । पछिल्लो पटक संसदीय विशेष समितिले समेत छानबिन थालेपछि कास्की प्रहरीले दोस्रो चरणको अनुसन्धान अघि बढाएको थियो ।

संसदीय समितिको प्रतिवेदन सार्वजनिक भएपछि भने गोर्खा मिडियाका तत्कालीन सञ्चालक जोशी पक्राउ परेका हुन् । ‘त्यसपछि सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि कास्की प्रहरीबाट माग भई आएबमोजिम अनुसन्धानका लागि सहयोग गर्न सीआईबीबाट इन्स्पेक्टर र सईलाई कास्की पठाइएको हो,’ सीआईबी प्रमुख एआईजी दीपक थापाले भने ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page