Vutlaxapu
Laxmibhuwan sun chadi

सुदूरपश्चिममा ६७३ महिला जबरजस्ती करणीको सिकार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी-सुदूरपश्चिममा ६ सय ९० पुरुषबाट ६ सय ७३ महिला जबरजस्ती करणीको सिकार बन्न पुगेको पाइएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको विवरण अनुसार तीन वर्षको अवधिमा जबरजस्ती करणीका ६ सय ५४ मुद्दा प्रहरीमा दर्ता भएका छन्।

बालिका, किशोरी र महिलासम्मै जबरजस्ती करणीको सिका बन्न पुगेको तथ्यांकमा उल्लेख छ। जबरजस्ती करणको सिकार १८ देखि ४० वर्ष उमेर समूहका महिला किशारी तथा महिला सबैभन्दा बढी बन्न पुगेका छन्। सुदूरपश्चिममा आर्थिक वर्ष २०७७/७८ देखि आर्थिक वर्ष २०७९/८० सम्म ६५४ जबरजस्ती करणीका घटना प्रहरीमा दर्ता भएका छन्। सो अवधिमा ६९० पुरुषबाट ६७३ महिला तथा बालिका करणीको सिकार बन्न पुगेका हुन्।

प्रदेश प्रहरीले तीन भागमा उमेर समूह विभाजन गरेर तथ्यांक संकलन गरेको छ। १८ देखि ४० वर्ष उमेर समूहका पीडितको संख्या सबैभन्दा धेरै देखिएको छ। १८ वर्ष मुनीका २१९ पीडित र १६४ पिडक छन। १८ देखि ४० वर्षसम्मको उमेर समूहमा ३१३ पीडित र ३८० पीडक छन। ४० वर्षदेखि माथिको उमेर समूहमा १४१ पीडित र १४६ पीडक छन्। प्रदेशका नौवटै जिल्लामा साक्षार पीडित तथा पीडकको सङ्ख्या धेरै देखिएको छ।

जय भगवति मेलौली सुनचाँदी

साक्षरमा ३२५ पीडित र ३२१ पीडक रहेका छन्। असाक्षर समूहमा १६१ पीडित र १३२ पीडक छन्। एसइइमा ११५ पीडित र १०९ पीडक छन्। रातिको समयमा सबैभन्दा बढी महिला तथा बालिका करणीको सिकार हुने गरेको समेत पाइएको छ। प्रहरीमा परेको उजुरीका आधारमा सुदूरपश्चिममा ६३ दशमलव ४६ प्रतिशत घटनाहरु रातिको समयमा भएका छन।

दिउँसोको समयमा २५ दशमलव ८४ प्रतिशत र बिहानको समयमा १० दशमलव ७० प्रतिशत जबरजस्ती करणीका घटना घटेका छन्। साथी/भाइबाट घटेका घटनाहरुको संख्या पनि उच्च देखिएको छ। ४६ दशमलव ६५ प्रतिशत घटनाहरु साथी÷भाइहरुबाट घटेको पाइएको छ। २८ दशमलव ९८ प्रतिशत घटना छिमेकीबाट, १५ दशमलव शून्य ८ प्रतिशत आफन्तबाट र १० दशमलव २९ प्रतिशत घटना अपरिचित व्यक्तिबाट घटेका छन्।

यस्तै पेशागत रुपमा कृषि र विद्यार्थी बढी करणीको घटनामा संलग्न र पीडित हुने गरेको पाइएको छ। तीन वर्षको अवधिमा घटेका कुल ६५४ घटनामा कृषक २७० पीडक र २३७ पीडित छन्। विद्याथी पीडितको संख्या २११ रहेको छ। विद्यार्थी पीडकको सङ्ख्या ७६ मात्र छ। व्यापारी २४ पीडित भएका छन भने १६ जना पीडक छन्। कर्मचारी २२ जना पीडक रहेका छन् भने ७ जना मात्र पीडित छन।

यस्ता घटनामा ज्याला/मजदुरी गर्नेहरुमा १८८ पीडक छन भने १४० पीडित रहेका छन। सो अवधिसम्म ११८ बेरोजगार पीडक छन भने, ५४ पीडित भएका छन्। जबरजस्ती करणको घटनामा संलग्न तथा पीडितको संख्यामा अन्य समूदायको तुलनामा ब्राहमण/क्षेत्रीको सङ्ख्या धेरै देखिएको छ। यस्तो घटनामा ३११ पीडक र ३०३ पीडित ब्राहमण/क्षेत्री रहेका छन्। दलित समुदायका २०५ पीडक र १९६ पीडित छन।

जनजाती समूदायका १६० पीडित र १५५ पीडक छन। सुदूरपश्चिममा मदेशी समुदायका तीन पीडक र तीन पीडित रहेका छन। मुस्लीम समुदायका दुई पीडक छन्। अन्यबाट १४ पीडक र ११ पीडित छन्। जबरजस्ती करणीका घटनामा पुरुषहरु विवाहित र महिला तथा बालिका अविवाहित बढी देखिएका छन्। पाँच सय तीन विवाहित पुरुष जबरजस्ती करणीको घटनामा संलग्न रहेको भन्दै प्रहरीमा उजुरी परेका छन्।

विवाहित पीडित महिलाको संख्या १७० देखिएको छ। अविवाहित महिला तथा बालिकाको सङ्ख्या ५५६ रहेको छ। कुल ६७३ महिला तथा बालिका करणीको सिकार भएकामा ५५६ अविवाहित रहेका छन्। जबरजस्ती करणीका घटनामा पीडक ६९० रहेकामा ५०३ विवाहित छन्। ५५४ बन्द र २ सय जबरजस्ती करणीका घटना खुला स्थानमा भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page