



दाङ-दाङमा जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर प्रहरीको हिरासतमै मृत फेला परेका छन्। नाबालिका बलात्कार आरोपमा वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा रहेका प्रहरी जवान पचभैया आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता, डीएसपी ईश्वर थापाले जानकारी दिए। उनी वडा प्रहरी कार्यालयको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। उनले आत्महत्या गरेको अनुमान गरिएको छ।डीएसपी थापाले बताए । दसैँ बेला पिङ खेल्न गएका नाबालिकालाई बलात्कार गरेको आरोप लागेपछि प्रहरी जवान पचभैया केहीप्रहरीको दाबीअनुसार बयानका क्रममा उनले अपराध स्वीकार गरिसकेका थिए।




