



बैतडी चैत्र २८ बैतडीको दशरथचन्द नगरपालिकाको मेयरमा एमालेले पुष्कर जोशी (लख्खाभाइ)लाई टिकट दिने भएको छ । पार्टीका प्रदेश कमिटी सदस्य समेत रहेका जोशीलाई नगर कमिटी बैठकले दशरथचन्दको मेयर सर्बसम्मत सिफारिस गरेको हो ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा जोशी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मेयरमा चुनाव लडेका थिए । उनी कांग्रेसका उम्मेदवार नरेन्द्रसिंह थापासँग ६२ मतले पराजित भएका थिए ।




