Vutlaxapu
Laxmibhuwan sun chadi

बझाङका छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बझाङ -बझाङमा छुट्टाछुट्टै ठाउँमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

 

गएराति साढे आठ बजेतिर तलकोटबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८४३ नम्बरको जिप सडकबाट अनियन्त्रित भई करिब २०० मिटर तल खसेर दुर्घटना भएको थियो।

 

सो दुर्घटनामा जिप चालक केदारस्युँ गाउँपालिका–१, रायलका ३३ वर्षिय शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी आमा ७२ वर्षीय जोगेनी देवी धामी र छोरी ५ वर्षीया छोरी आकृती धामीको मृत्यु भएको हो।

 

जय भगवति मेलौली सुनचाँदी

जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै र आकृतिको जिल्ला अस्पताल सिमखेत लैजादै गर्दै बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए।

यस्तै बझाङकै मष्टामा भएको अर्को जीप दुर्घटनामा चालकको मृत्यु भएको छ।

मष्टाको भातेखोलाबाट रनाडा तर्फ जाँदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप सडक अनियन्त्रित भई १०० मिटर तल खसेको थियो।

 

सो दुर्घटनामा चालक मष्टाकै ४२ वर्षीय धर्म थापाको मृत्यु भएको हो। राति ९ बजेको समयमा कोटदेवल भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो प्रहरी निरिक्षक ठगुन्नाले जानकारी दिए।

उक्त जिपमा चालक थापा एक्लै रहेको प्रहरीले जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page