


बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिकामा आजबाट सुरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको पहिलो दिन आज पहिलो दिन विधालय स्तरीय साँस्कृतिक कार्यक्रम सहित छात्र छात्रा १०० मिटर दौड प्रतियोगिता समेत सम्पन्न गरिएको छ।

जसमा छात्र तर्फ श्रीकेदार मावि पीपलकोटका दिपक भुलले प्रथम, न्वाली मावि दोलीका सुरज दमाईले द्वतीय र सनातनधर्म मावि श्रीकोटका सागर कार्कीले तृतीय स्थान हाँसिल गरेका छन् ।


यस्तै छात्रा तर्फ भगवती मावि सित्तडकी अनिता जोशीले प्रथम, रौलेश्वर मावि मल्लाढीककी कौशीला कुँवरले द्वतीय र भगवती मावि सित्तडकी सोनम गोयलाले तृतीय स्थान हाँसिल गरेकी छिन् । दोगडाकेदार गाउँपालिका-७ लवलेकमा नयाँ निर्माण गरीएको खेलमैदानमा गाउँपालिकाले पालिकास्तरीय प्रतियोगिता आजबाट सुरु गरेको हो ।

दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीको अध्यक्षतामा उद्घाटन समारोहमा बैतडीको दशरथचन्द नगरपालिकाका नगरप्रमुख पुस्करराज जोशी (लख्खाभाई) प्रमुख अतिथी रहेका थिए। यस्तै विशिष्ट अतिथिमा दोगडाकेदार गाउँपालिका उपाध्यक्ष पार्वती ऐरी कार्की रहेकी थिइन्।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जोशीले संघ तथा प्रदेश सरकारहरुले खेलकुद क्षेत्रलाई उपेक्षा गरेपनि स्थानीय तहहरुले खेलकुदलाई प्रथमिकता दिइरहेको बताए। यस्तै कार्यक्रममा बोल्दै गाँउपालीका अध्यक्ष चक्रबहादुर कार्किले खेलकुदको विकासका लागि गाउँपालिकाले विगत देखिनै काम गरिरहेको बताए। गाउँपालिकाले खेलमैदान निर्माण र खेलाडीहरुलाई प्रोत्सानका कार्यक्रमहरु समेत गरिरहेको बताए।
आजबाट सुरु भएको प्रतियोगिता चार दिन सम्म चल्ने छ ।





