Vutlaxapu
Laxmibhuwan sun chadi

भ्रम चिरेर सत्यता र समृद्धिको पक्षमा कलम चलाउनुस :महासचिव लामा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

चितवन । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले पछिल्लो समय सामाजिक सञ्जालमा देखिएका भ्रमहरु निरुपण गर्न पत्रकारहरु सचेत र जागरुक हुनुपर्ने बताए।

प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै महासचिव लामाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत भ्रमको ब्यापार फस्टाइरहेकोले त्यस्ता भ्रम चिरेर समाजलाई समृद्धिको दिशातिर अघि बढाउन मिडियाकर्मीहरु दरिलो ढंगले लाग्नुपर्नेमा जोड दिए।

जय भगवति मेलौली सुनचाँदी

‘सरकारका विरुद्ध अनावश्यक टिकाटिप्पणी गर्दै नेतृत्वको तेजोबोध गर्ने प्रवृति बढेको छ’ उहाँले भन्नुभयो, ‘म पत्रकार साथीहरुलाई भन्न चाहन्छु तपाईहरुका कलम सत्यता र समृद्धिको पक्षमा निडरका साथ चल्नु पर्दछ ।

संगठन सुदृढीकरणका लागि गर्नुपर्ने काम र भुमिकाको विषयमा आफ्नो धारणा राख्दै महासचिव लामाले पत्रकारको क्षमता बिकास र सुरक्षाको सबालमा पनि संबेदनसिल भएर काम गर्नुपर्ने बताए।

प्रेस चौतारी नेपाल बाग्मती प्रदेशका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा बसेको बैठकमा बाग्मती प्रदेशका जिल्लाका अध्यक्षहरु, केन्द्रीय सदस्यहरु लगायतले पछिल्लो समयको मिडियाको अवस्था, पत्रकारहरुका समस्या र सरकारको भूमिकाका बारेमा धारणा राखेका थिए । नवलपुर जिल्लाको गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा बसेको बैठकले आठबुँदे घोषणापत्र समेत जारी गरेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page