Vutlaxapu
Laxmibhuwan sun chadi

महाराष्ट्र रेल दुर्घटनामा परेकाहरूको शव आफन्तको जिम्मा लगाइयो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

वैतडी-भारतमा रेल दुर्घटनामा परी ज्यान गुमाएका सबैको शव आफन्तजनको जिम्मा लगाइएको छ । भारतीय रेल्वेले मृतकहरूको शवलाई उनका आफन्तजनले चाहेको स्थानसम्म पुर्‍याएको छ ।

जय भगवति मेलौली सुनचाँदी

दिल्लीस्थित नेपाली दूतावासले त्यसका लागि समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दूतावासका कन्सुलर नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माका अनुसार मृतक ७ जना नेपाली नागरिकमध्ये ४ जनाको दाहसंस्कार उनका परिवारजनले भारतमै गरेका छन् । ३ जनालाई नेपाल पठाइएको उनले बताए ।

दुर्घट्नामा ज्यान गुमाएकी कैलालीका कमला नवीन भण्डारीका छोरा टपेन्द्रले घट्नास्थलबाट एम्बुलेन्समा आमाको शव घर ल्याउन लागेको बताए । एम्बुलेन्सको व्यवस्था भारतीय रेल्वेले गरेको छ । आफन्तजनले चाहेका स्थानसम्म मृतकको शवलाई पठाइएको एसएसपी शर्माले जानकारी दिए ।शव जिम्मा लगाएसँगै काजकिरियाका लागि रेल्वेले प्रत मृतक ५० हजार रुपैयाँ भारु नगदै आपन्तलाई दिएको छ ।

केन्द्र र प्रदेश सरकारले गरी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । एसएसपी शर्माले राहतको बाँकी रकम पनि मृतकका परिवारले पाउने बताए । यस विषयमा भारतीय पक्षसँग लागातार संवाद भइरहेको उनले जनाएका छन् ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page