Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार गाउँपालिकाले पाँच वर्षमा भएका कामको विवरण सार्बजनिक गर्यो।

समृद्ध पालिका बनेको अध्यक्ष कार्किको भनाइ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी: बैशाख १०बैतडीको दोगडाकेदार गाउँपालिकाले पाँच वर्षमा भएका कामहरुको विवरण सार्बजनिक गरेको छ । गाउँपालिकामा भएगरेका बिकास निर्माण तथा कार्यक्रमहरुको विवरण पत्रकार सम्मेलन नै गरेर सार्बजनिक गरेको हो । पत्रकार सम्मेलन माफर्त बिकास निर्माण तथा पालिकाको पहिचानसँग जोडिएका कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।
पाँच वर्षको अवधिमा ८ वटै वडामा सडक पुगेको पालिकाले जनाएको छ । साना र झोलङ्गे गरी ११३ पुल निर्माण, बिद्यालय भवन खेल मैदान, भौतीक समाग्रीको ब्यवस्थापनमा पनि उल्लेखय काम भएको पालिका अध्यक्ष चक्र कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
स्वास्थ्यतर्फ पनि बर्थीङ सेन्टर देखि स्वास्थ्य सस्थाका १६ वटा संरचना निर्माण गरिएको जनाएको छ ।
बाटोघाटो निर्माणमा पनि पिसिसि र सोलिङ्ग गरी २८३ वटाका योजनाहरु सम्पन्न भएको पालिकाले जनाएको छ ।
सिचाई पोखरी, साना सिचाई, लिफ्टीङ सिचाई गरी ९२ वटा योजना निर्माण गरिएको पनि जनाएको छ ।
गरिब तथा आर्थिक अवस्था कमजोर भएका उपचार र राहात कार्यक्रम अन्तरगत ९२ जनालाई आर्थिक सहयोग गरेको जनाएको छ ।
यसैगरी १६० घरघधुरीलाई छाना मर्मत सम्भारको लागि ५० हजारका दरले आर्थिक सहयोग बितरण गरिएको छ ।
‘हाम्रो दोगडाकेदार राम्रो दोगडा केदार’ कार्यक्रममा कृषी लघुउद्यम तर्फ ३६२ वटा कार्यक्रमहरु भएका छन् ।
एकीकृत नमुना बस्ती निर्माण कार्यमा पनि १४ करोड बिनियोजन गरी कार्यान्वयन भएको पालिकाले जनाएको छ ।
प्रदेश र केन्द्र सरकारबाट पनि बिभिन्न काम भएको जनाउको जनाएको छ । दोगडा देउलेक पदमार्ग, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकह भित्र्याउने स्थानिय सरकारको ३० प्रतिसत लगानी रहेको जनाएको छ । अहिले सरकार फेरबदल भइसकेपछि केन्द्रबाट रकम नआएको पनि पालिकाले जनाएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की अन्य जनप्रतिनिधि, कार्यालय प्रमुख लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page