Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदारमा एकैदिन एमालेनिकट ४ जनवर्गीय सँगठनहरुको पालिका सम्मेलन सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा एमालेनिकट चार वटा जनवर्गीय सँगठनहरुको पालीका सम्मेलन सम्पन्न भएको छ।

नेपाल उत्पिडित जातिय मुक्ति समाज, अनेरास्ववियु , राष्ट्रीय युवा संघ नेपाल र अखिल नेपाल किसान महासंघको गाँउपालीका सम्मेलन सम्पन्न भएको हो। अनेरास्ववियु को गाउँपालिका सम्मेलनबाट सुनिल सिँह ऐरीको अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका कमिटी चयन गरिएको छ।

यस्तै राष्ट्रिय युवासंघको गाउँपालीका सम्मेलनबाट प्रेम बहादुर चन्दको अध्यक्षतामा १३ सदस्यीय गाउँपालीका कमिटी चयन गरिएको छ भने अखिल नेपाल किसान महासंघको गाँउपालीका सम्मेलनबाट दान सिँह बिष्टको अध्यक्षतामा २१ सदस्यीय गाउँपालीका कमिटी र नेपाल उत्पिडित जातिय मुक्ती समाजको गाँउपालीका सम्मेलनबाट जहरी लुहारको अध्यक्षतामा १५ सदस्यीय गाउँपालीका कमिटी सर्वसम्मत चयन गरिएको जन संगठन समन्वय संयन्त्र संयोजक बिर सिँह कार्किले बताए।

जय भगवति मेलौली सुनचाँदी

दोगडाकेदार गाउँपालीका जन संगठन सँयन्त्र सँयोजक बिर सिँह कार्कीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा एमाले प्रदेश कमिटी सदस्य तथा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए। यस्तै एमाले प्रदेश कमिटी सदस्य भक्त बहादुर बिष्ट, रमेश लुहार,एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारी विशिष्ट अतिथि रहेका थिए कार्यक्रममा बोल्दै प्रमुख अतिथी चक्रबहादुर कार्किले पार्टीका जनवर्गीय सँगठनहरुले मिसन ८४ मा केन्द्रीत भएर अगाडि बढ्नुपर्नेमा जोड दिदै कार्यकर्ताहरुलाइ पार्टीका काममा दृढतापूर्वक अगाडि बढ्न निर्देशन दिएका छन।

यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी रहेका एमाले जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र भण्डारीले जनवर्गीय सँगठनहरुका पदाधिकारीहरुले संगठनको बिधान बमोजिम काम गर्नुपर्नेमा जोड दिदै संगठनको पदाधिकारी भएर पार्टीको काम नगर्नेलाइ पार्टिले बिशेष निगरानी गर्ने समेत बताए।

बिशिष्ट अतिथी भण्डारीले आम कार्यकर्ताहरुले पार्टिको काममा लाग्न निर्देशन समेत दिए। कार्यक्रममा जनवर्गीय सङ्गठहरुका पदाधिकारीहरु लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page