गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

नेपाल निजामती कर्मचारी संगठन बैतडीको१२ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पदम कार्की

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -नेपाल निजामती कर्मचारी संगठन बैतडीको १२औँ जिल्ला अधिवेशन सम्पन्न भएको छ। शनिबार सम्पन्न संगठनकाे १२औं जिल्ला अधिवेशनबाट पदम कार्कीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका अध्यक्ष लक्ष्मण दत्त भट्टले जानकारी दिए।

 

संगठनको उपाध्यक्षमा पुरुसोत्तम नाथ, महिला उपाध्यक्षमा शान्ति साँउद, सचिवमा राम सिँह महरा, सह–सचिवमा राइजन राम सार्की, कोषाध्यक्षमा शिव थापा, लगायत २१ सदस्यीय जिल्ला कमिटी निर्विराेध निर्वाचित भएकाे वताए।

श्रिकोट बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनबाट केन्द्रिय प्रतिनिधिहरुमा बिस्ना कुमारी बिष्ट,नैन सिँह गोएला,करन सिँह धामी,प्रयाग राज पन्त सर्वसहमत चयन भएका छन् ।

खालि ठाँउ २

यस्तै, प्रदेश प्रतिनिधिहरुमा सिता भण्डारी , लोकेन्द्र प्रसाद भट्ट, बिरेन्द्र प्रसाद जोशी,जनक राज कलौनी, लोकेन्द्र बहादुर चन्द चयन भएका छन् । निवर्तमान सँगठन अध्यक्ष महेश अवस्थिको अध्यक्षतामा सम्पन्न अधिवेशनमा दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्की प्रमुख अतिथी रहेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी कार्कीले कर्मचारीको मनोबल बढाउने काम सरकारको गर्नु पर्ने वताउँदै निजामती सेवामा सेवा र सुविधा बढाउन पर्ने धारणा राखे । स्थानिय तहमा कोहि पनि कर्मचारी आउन नमानेको वताउँदै काठमाडौंमा कर्मचारी नेताको वरिपरी घुम्ने प्रबृती हाबि भइरहेकोले कर्मचारीको यस्तो ब्यबहारले स्थानिय तहमा काम गर्न समस्या भइरहेको बताए।

यस्तै कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी रहेका श्रिकोट बहुमुखी क्याम्पसमा प्रमुख दान सिँह कार्किले नेपाल निजामती कर्मचारी संगठन राष्ट्र सेवक कर्मचारीहरुको सँगठन भएकोले राष्ट्रको बिकास,राज्यको सँयन्त्र सबल बनाउन बिशेष भुमिका हुने भएकोले कटिबद्ध भएर हक अधिकारका निम्ति अग्रसर हुन आग्रह गरे।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page