


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको एकमात्र क्याम्पस श्रीकोट बहुमुखी क्याम्पसमा बाँस निङ्गालो सामग्री सम्बन्धी सिपमुलक तालिम सम्पन्न भएको छ। आइतबार एक कार्यक्रमका बिच तालिम सम्पन्न गरिएको क्याम्पस प्रमुख दान सिँह कार्किले बताए।मंसिर १७ गतेदेखि क्याम्पसमा बाँस निङ्गालो सामग्री सम्बन्धी ३० दिने ४८ धण्टा नि: शुल्क रुपमा तालिम संचालन गरिएको थियो।


नि: शुल्क रुपमा संचालन गरिएको तालिममा बिधार्थी सहित ३० जना प्रशिक्षार्थी सहभागी थिए। तालिममा फर्निचर, सजावटका समान (फोटो फ्रेम, चुरा दानी, फुल दानी, कलम दानी,र्याग, मन्दिर स्ट्रे कलम दानी, गिलास, भर्याङ, कुर्सी ,बेन्च टेवल लगायतका सामाग्रीहरु तयार गरिएको क्याम्पस प्रमुख कार्किले बताए।

समापन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कार्किले स्थानिय स्तरमा सहजै उपलब्ध हुने बाँस निङ्गालो भएकोले बाँस निङ्गालोको सामाग्रीबाट ब्यबसायिकरण साथै बजारिकरण गर्ने उदेश्य सहित तालिमको आयोजना गरिएको बताए। साथै यो तालिमबाट ३० जना दक्ष भएको र क्याम्पसले यो कामलाइ निरन्तरता दिने समेत बताए। मंसिर १७ गतेदेखि सुरु गरिएको तालिम बिबिध कारणबस आज समापन गरिएको हो।




