


बैतडी -बैतडीको पञ्चेश्वर गाउँपालिकामा सोमबारदेखि राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सुरू भएको छ। कुलाउ माध्यमिक विधालयको खेलमैदानमा सुरु प्रतियोगिता माघ १६ गते सम्म सञ्चालन गरिने गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश पार्कीले बताए।

गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दको अध्यक्षतामा सुरु प्रतियोगितामा बैतडी जिल्ला खेलकुद समितिका अध्यक्ष चमनकुमार भण्डारी प्रमुख अतिथी रहेका थिए। प्रतियोगितामा पञ्चेश्वर गाउँपालिका भित्रका ९ वटा विधालयहरुको सहभागिता रहेको छ।
प्रतियोगिताको पहिलो दिन एथलेटिक्स तर्फका ८ वटा खेल सम्पन्न भएका छ्न । छात्र-छात्रा दुबै तर्फ सय मिटर, ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटर दौड प्रतियोगिता सम्पन्न गरिएको छ । त्यस्तै लङजम्प, त्रिपल जम्प, सर्टफुट र ज्याब्लिङ थ्रो सम्पन्न गरिएको पञ्चेश्वर गाउँपालिका खेलकुद विकास समिति सदस्य बलबिर जोशीले बताए। छात्रहरुको भलिबल सैलोडा र कुलाउ बिच फाइनल खेल भोलि हुने उहाँले बताए।




