गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

के हो? एमालेको तीन महिने वडा केन्द्रित अभीयान

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -केन्द्रिय योजना अनुरुप बैतडीमा पनी नेकपा एमालेको तीन महिने वडा केन्द्रित अभियान सुरुभ एको छ । यस अभियान अन्तर्गत निम्न काम प्राथमिकताका साथ सम्पादन गरिनुपर्ने एमाले बैतडीले जनाएको छ।

-सदस्यता निविकरण र विस्तार (कुल मतदाताको ६ प्रतिसत पुर्याउने)

-टोलतहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने । पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने ।

-पार्टी सम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आ आफ्नो वर्ग/ समुदायको नेताका रुपमा स्थापित गर्ने ।

-सोसल मिडियामा नियोजित रुपमा सम्प्रेसित मिथ्या सुचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने ।

– सबै तहका कमिटीहरु र जनप्रतिनिधिहरुले आ आफ्नो तहको प्रचार डेस्क स्थापनागरी प्रचारात्मक काम अघि वढाउने ।

-निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि वढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।

खालि ठाँउ २

-पार्टीको नेतृत्व र सहभागीताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने ।

-जनतासंग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घरघरमा पुग्ने । स्थानिय चासो र जनसरोकारका विषय पहिचान गर्ने । आ आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने ।

मिसन ०८४मा पार्टीको एकल वहुमत प्राप्तहुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने ।

 

-घर फर्क र पार्टी प्रवेश अभियानमा जोड़ दिने ।

पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि वढाउने ।

-पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा(एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने ।

अभियानको समाप्तिसंगै अभियानको उपलव्धि र कमीकमजोरीको समिक्षा गर्ने र त्यसको अनुभवको जगमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कामलाई अघि वढाउने ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page