



बैतडी: बैशाख १४ बैतडीमा १४ सय ४२ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार यहि बैशाख ११ र १२ गते १४ सय ४२ जनाले मनोनयन दर्ता गराएका हुन् ।
जिल्लाको दशरथचन्द नगरपालिकामा ६ प्रमुख ५ उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यको गरी २२७ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
पाटन नगरपालिका ४ प्रमुख ३ उपप्रमुख तथा वडाअध्यक्ष र सदस्यसहित १६१ जनाको उम्मेदवारी परेको छ ।
पुर्चाैडी नगरपालिकामा नगर प्रमुखका लागि ५ र उप प्रमुखका लागि ४ तथा वडा अध्यक्ष र सदस्यसहित १७६ जनाको उम्मेदवारी परेको छ ।
मेलौली नगरपालिका ८ जना प्रमुख र ४ जना उपप्रमुख तथा वडा अध्यक्ष र सदस्यसहित १९३ जनाको उम्मेदवारी परेको छ ।
डिलाशैनी गाउँपालिकामा ४ जना अध्यक्ष र २ जना उपाध्यक्ष पदका लागिगरी ५९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
सिगास गाउँपालिकामा अध्यक्षमा पाँच र उपाध्यक्षमा पनि पाँचसहित वडा अध्यक्ष र सदस्य सहित १८१ जनाको उम्मेदवारी परेको छ ।
सुर्नया गाउँपालिका अध्यक्षका लागि ४ र उपाध्यक्षमा पनि ४ सहित वडा अध्यक्ष र सदस्यसहित १४९ जनाको उम्मेदवारी परेको छ ।
शिवनाथ गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्षमा तीन तीन तथा वडा अध्यक्ष र सदस्यसहित ९२ जनाको उम्मेदवारी परेको छ ।
दोगडाकेदार गाउँपालिकामा ४ अध्यक्ष र ३ उपाध्यक्ष तथा वडाअध्यक्ष र सदस्य सहित १२५ जनाको उम्मेदवारी परेको छ ।
पञ्चेश्वर गाउँपालिकामा २ अध्यक्ष र ५ उपाध्यक्ष तथा वडाअध्यक्ष र सदस्य सहित ७९ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।




