


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिकाले चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताइरहेका बिदुर पुरुषलाइ जिविकोपार्जन भत्ता उपलव्ध गराउने भएको छ।

गाँउपालिकाले एक सुचना जारी गर्दै बिदुर पुरुषहरुलाइ जिविकोपार्जन भत्ता उपलव्ध गराउने निर्णय गरेको दोगडाकेदार गाउपालिका प्रवक्ता दिनेश प्रसाद भट्टले बताए।
दोगडाकेदार गाँउ कार्यपालिकाको चालु आर्थिक वर्ष ८१/८२को बिनियोजीत ४० बर्ष माथीका आर्थिक रुपमा बिपन्न बिदुर पुरुषका लागी जिविकोपार्जन भत्ता उपलव्ध गराउने कार्यक्रम अनुसार आबेदन माग गरिएको भट्टले बताए।





