



बैतडी: बैशाख १४ नेपालि काँग्रेस दसरथ चन्द नगरपालीका वडा नं ८बाट निर्वाचित क्षेत्रिय प्रतिनिधि देबिचन्द ठकुरीले नेपालि काँग्रेस पार्टी परित्याग गरी एमाले प्रबेश गरेका छन्। एमाले दसरथ चन्द नगरपालीका कमिटीले आयोजना गरेको कार्यक्रममा उनले पार्टी प्रवेश गरेका हुन।समाज परिवर्तन गर्नआफु वार्ड सदस्यको झिनो आकाङ्क्षि रहेको र नेतृत्वले पटकपटक जिम्मेवारी दिने आस्वासन दिदै आएको र नेतृत्वले कुनै सुनुवाइ नगरि आफ्नै आसेपासेलाई जबरजस्ती पावरका हिसाबले उम्मेदवार बनाइ आफुमाथि अन्याय भएको उनले बताएका छन्। आफु पार्टी र संगठनको लागि २०४६ साल देखि निरन्तर सक्रिय रुपमा लागिरहेको बताएका छन्। चन्द २०४६ सालको जनआन्दोलन पछि शिक्षकसँघमा आबद्ध रहि २०६५ सालमा नेपाली कांग्रेसको कृयाशिल सदस्य रहेका थिए। यस्तै २०७८ सालमा नेपालि काँग्रेसको १७आौँ महाधिवेशनबाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भएका थिए।देबिचन्द ठकुरी नेपालि काँग्रेस नगरकमिटीबाट मनोनित सदस्य हुन।उनले जिल्ला नेतृत्वको आलोचना गर्दै पछिल्लोपल्ट जिल्ला नेतृत्व पहुँच, पावर,नाताबाद,कृपाबादमा लिप्त बनेकोले आफुलाई त्यो ब्यबहार मन नपरेकोले पार्टी परित्याग गरेको जानकारी दिएका छन्।




