


बैतडी -बैतडीको पाटन नगरपालिका वडा नं १ ग्राल्लेककी कलावती दयालको रुखबाट लडेर दुबै खुट्टा भाँचिएपछि उपचार गर्न सकस भएको छ। माघ २२ गते स्याउला काट्ने क्रममा रुखबाट लडेकी ३६ बर्षिया कलावतीको दुबै खुट्टा भाँचिएपछि परिवारको बिचल्लि भएको छ।


दुबै खुट्टाको अप्रेसन गर्नुपर्ने भएकोले खर्च अभावका कारण उपचारमा समस्या भएपछि परिवारजनले सहयोग गरिदिन अपिल गरेका छन। कलावतीको धनगढीमा उपचार भइरहेको छ।





