



बैतडी: बैशाख १५ बैतडीको सुर्नया गाउँपालिकामा नेकपा माओवादी केन्द्रका सुर्नया गाँउपालिका कमिटी सह इन्चार्ज नरि भाटले एमाले प्रबेश गरेका छन् एमाले सुर्नया गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा उनले एमाले प्रबेष गरेका हुन। कार्यक्रममा बोल्दै सह इन्चार्ज भाटले समाज परिवर्तन गर्नआफुले गाउँ पालिका उपाध्यक्ष को प्रस्ताव राखेको र नेतृत्वले कुनै सुनुवाइ नगरि आफ्नै आसेपासेलाई जबरजस्ती पावरका हिसाबले उम्मेदवार बनाइ आफुमाथि अन्याय भएको उनले बताएका छन्। आफु पार्टी र संगठनको लागि २०५९साल देखि निरन्तर सक्रिय रुपमा लागिरहेको बताएका छन्।२०५९ सालमा नेकपा माओवादी केन्द्रमा भुमिगत राजनीतिमा होमिएका भाट सान्ति प्रकृया पछि जिल्ला कमिटी सदस्य एवं सुर्नया इन्चार्ज रहेका थिए। यस्तै२०७४ सालको स्थानीय तहको निर्वाचनमा सुर्नया गाउँपालिका बाट अध्यक्षका उम्मेदवार थिए। साथै बर्तमान जिल्ला समन्वय सचिवालय सदस्य एवं सुर्नया गाउँपालिका सहइन्चार्ज समेत हुन।एमाले सुर्नया गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि ने.क.पा. एमाले केन्द्रीय सदस्य तथा बैतडी जिल्ला सहइन्चार्ज एवं प्रदेशसभा सदस्य लिलाधर भट्ट प्रमुख अतिथि रहनुभएको थियो। यस्तै नेकपा एमाले प्रदेश कमिटी सदस्य मोहन थापा विशिष्ट अतिथि रहेका थिए




