Vutlaxapu
Laxmibhuwan sun chadi

श्रीकोट बहुमुखी क्याम्पसको आयोजनामा भगवति मा.बि.सित्तडमा विभिन्न कार्यक्रम सम्पन्न

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका खोचेलेकमा रहेको श्रीकोट बहुमुखी क्याम्पसले समुदाय सहकार्य कार्यक्रमलाइ जोड दिएको छ।सो कार्यक्रम अन्तरगत बिहिबार दोगडाकेदार गाउँपालिका वडा नं -६मा रहेको भगवति माध्यमिक विधालय सित्तड बैतडीमा क्याम्पसले बिभिन्न विषयमा एक दिने कार्यक्रम सम्पन्न गरेको क्याम्पस प्रमुख दान सिँह कार्किले बताए। कार्यक्रममा यौन हिँसा,महिला सशक्तिकरण,साइबर अपराध नियन्त्रण, तथा वातावरण सरसफाइ सम्बन्धि विधार्थी लगायत सहभागीहरुलाइ प्रशिक्षण दिएको बताए।

जय भगवति मेलौली सुनचाँदी

कार्यक्रममा वोल्दै विधालय ब्यबस्थापन समिती अधक्ष्य बिष्णु दत्त जोशी,तथा प्रधानाध्यापक केशव नाथले श्रीकोट बहुमुखी क्याम्पसले समुदाय सहकार्य कार्यक्रमलाइ जोड दिएकोमा धन्यवाद ब्यक्त गर्दै यस्ता कार्यक्रहरुले समुदायस्तरमा जनचेतना जगाउन बिशेष भुमिका खेल्ने भएकोले यस्ता कार्यक्रमहरुलाइ निरन्तरता दिन आग्रह गरे। यस्तै कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कार्किले क्याम्पसको समुदाय सहकार्य कार्यक्रमले समाज रुपान्तरणमा बिशेष भुमिका खेल्ने भएकोले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरुलाइ क्याम्पसले निरन्तरता दिने बताए।

कार्यक्रममा दोगडाकेदार गाउँपालिका वडा नं -६का वडा अध्यक्ष गोपाल सिँह कार्की,श्रीकोट स्वास्थ्य चौकी इन्चार्ज बिर सिँह भाट, सिनियर अ.न.मि. सरस्वती भट्ट,दोगडाकेदार गाउँपालिका महिला विकाश शाखा प्रमुख चित्रा भट्ट,खोचलेक प्रहरी चौकी प्रतिनिधि दिलानन्द भट्ट लगायतले सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए। कार्यक्रममा विधालयमा कार्यरत शिक्षक, शिक्षिका,अभिभावक, बिधार्थी लगायतको उत्साहजनक सहभागीता रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page