



बैतडी -बैतडीको डिलाशैनी गाँउपालीकामा चोरी भएको छ।बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका ४ घरमा गएराति चोरी भएको छ । गाउँमा एकजनाको मृत्यु भएपछि गाउँलेहरु उनको घरमा गएको मौका पारी चोरी भएको डिलाशैनी गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए ।
नगराउँका रामदत्त जोशी, काशी गिरी, हरेन्द्र जोशी,र धनीदत्त जोशीको घरबाट चोरी भएको अध्यक्ष भट्टले बताए । चोरले काशी गिरीको घरमा रहेका मन्दिरका २ वटा तामाका ताउली चोरेर लगेका छन् भने हरेन्द्र जोशीको घरबाट अन्दाजी ११ केजीको तामाको ताउली चोरी भएको र रामदत्त जोशीको घरबाट २ वटा तामाका गाग्री चोरी भएका छन। यस्तै धनीदत्त जोशीको घरबाट अन्दाजी १४ केजीको तामाको ताउली चोरी भएको वडा अध्यक्ष भट्टले बताए। घटनाको विषयमा प्रहरीलाइ जानकारी गरिएको वडा अध्यक्ष भट्टले बताए।




