


बैतडी -बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं -४ मा रहेको श्रीकेदार माध्यमिक विधालय पिपलकोट बैतडीमा जुनियर तथा युवा रेडक्रस सर्कलको आयोजनामा दोगडाकेदार गाउँपालिका एवं बिद्यालय सेवा क्षेत्र भित्रका माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। मंगलबार विधालय ब्यवस्थापन समिति अध्यक्ष श्हरिश शरण भट्टको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा दोगडाकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रा.स. गंगा शर्मा प्रमुख अतिथी रहेकी थिइन्। कार्यक्रममा पाँच वटा बिद्यालयका ६ टिमको सहभागीता रहेको थियो।

सहभागी बिद्यालयहरु मध्ये श्री भुमिराज माध्यमिक बिद्यालय चडेपानी बैतडीले प्रथम स्थान, श्री केदार मावि पिपलकोट बैतडीको टिम “ए” ले द्वितीय र सोही बिद्यालयको टिम “बि” ले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । कार्यक्रममा प्रथम हुनेलाई नगद २ हजार र प्रमाण पत्र , द्वितीय हुनेलाई १ हजार ६ सय र प्रमाण पत्र र तृतीय हुनेलाई र१ हजार २ सय र प्रमाण पत्र समेत प्रदान गरिएको छ।
साथै प्रतियोगितामा सहभागी बिद्यालयहरुलाई सहभागीताको प्रमाण पत्र समेत प्रदान गरिएको रेडक्रसका शिक्षक नायक तथा केदार मा.वि.पिपलकोटका माध्यमिक शिक्षक श्री महेन्द्र बहादुर चन्दले जानकारी दिएका छन। पछिल्लो समय बिद्यालयको रेडक्रसले प्राथमिक उपचार, सरसफाइ, खेलकुद र अन्य जनचेतना मुलक कार्यक्रमका साथै नेतृत्व विकासका कार्यक्रम समेत संचालन गरिरहेको छ।




