


बैतडी -बैतडीका दसवटा स्थानिय तह मध्ये नौ वटा स्थानिय तहमा नेपाल कम्युनिष्ट पार्टी एमालेको वडा केन्द्रित तीन महिने अभियानको पालिकास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। डिलाशैनीमा भने बाँकि रहेको छ।एमालेले नौ वटा स्थानिय तहमा अभिमुखिकरण सम्पन्न गरेपछी अभिमुखिकरण सम्पन्न भएका पालिकाहरुमा पार्टीको सर्कुलर अनुसार आफ्नो उदेश्य अनुरुप जनतासँग सम्बादसहित कार्यक्रमका साथ एमाले टोल टोल र बस्ति बस्तिहरुमा पसेको छ।

पालिका स्तरिय तीन महिने वडा केन्द्रित अभियानको पालिकास्तरीय अभिमुखिकरण कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य एवं बैतडी जिल्ला इन्चार्ज लिलाधर भट्ट,एमाले केन्द्रीय सल्लाहकार परिसद सदस्य मोहन थापा, एमाले प्रदेश कमिटी सदस्यहरु,एमाले प्रदेश कमिटी सचिवालय सदस्यहरु, जिल्ला कमिटी अध्यक्ष नरेश बि क,उपाध्यक्ष लोकेन्द्र भण्डारी,जिल्ला कमिटी सचिव हजारी साँउद,जिल्ला कमिटी उप सचिव हर्क धानुक,प्रचार बिभाग प्रमुख पार्वती भट्ट लगायतका नेताहरु पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा सकृय थिए।

पछिल्लो समय अभिमुखिकरण सम्पन्न भएका पालिकाहरुमा वडा स्तरीय ३ महिने वडा केन्द्रित अभियान तिब्रताका साथ अगाडी बढिरहेका छन। पार्टीको सर्कुलर अनुसार काम गरिरहेको र जनताहरुको उत्साहजनक सहभागीता भइरहेको एमाले पालिकाकमिटी अध्यक्षहरुले खबर पठाएका छन।

पाटन नगरकमिटी अध्यक्ष धर्मराज भट्ट तथा एमाले प्रदेश कमिटी सदस्य एंव नगर इन्चार्ज धर्मानन्द भट्टका अनुसार पार्टिको सर्कुलर अनुसार पालिकास्तरीय अभिमुखिकरण सम्पन्न पश्चात प्रतेक वडाहरुमा सर्कुलर पठाएर फागुन २ गतेभित्र सबै वडाहरुमा अभिमुखिकरण सम्पन्न गरेर टोलकमिटी अभिमुखिकरणमा सकृय रहेको बताए।

पुर्चौडी नगरकमिटी अध्यक्ष जयलाल साँउदका अनुसार पुर्चौडी नगरपालिकामा सातवटा वडाहरुमा अभिमुखिकरण सम्पन्न भएको बताए।२,३,४,५,६,७,८ नम्बर वडाहरुमा अभिमुखिकरण सम्पन्न गरिएको र बाकि वडाहरुमा सम्पन्न गरेर टोलअभियानमा केन्द्रित हुने बताए।
सुर्नया गाँउपालीका कमिटी अध्यक्ष पदमराज अवस्थिका अनुसार बुधबार वडा नं -१ देखी वडा स्तरीय अभिमुखिकरण सुरु भइरहेको र सम्पन्न गर्न बाँकी रहेको बताए।
दोगडाकेदार गाउँपालिका कमिटी अध्यक्ष धन बहादुर कार्किका अनुसार दोगडाकेदार गाउँपालिकामा वडा नं १,२,३,४,५,६,७ मा अभिमुखिकरण सम्पन्न गरिएको बताए। ८ नम्बरमा सम्पन्न गरेर टोल केन्द्रित अभियान सञ्चालन गरिने बताए।
मेलौली नगरकमिटी अध्यक्ष भिम भट्ट तथा मेलौली नगर इन्चार्ज बलभद्र दयालका अनुसार मेलौली नगरपालिकामा वडा स्तरीय अभिमुखिकरण फागुन ६ गते सम्पन्न गरिएको र टोल केन्द्रित अभियान सञ्चालन गरिएको बताए। साथै इन्चार्ज दयालले पार्टीको सर्कुलर अनुसार अभियान चलिरहेको र जनताहरुको उत्साहजनक सहभागीता भइरहेको बताए।
डिलाशैनी गाँउपालिका कमिटी अध्यक्ष गोकर्ण रानाका अनुसार मंगलवार सम्म डिलाशैनी गाँउपालिकामा वडा नं १,२,५,६,७ को अभिमुखिकरण सम्पन्न गरिएको र बाकि वडाहरुमा पनि जारि रहेको बताए।
दसरथचन्द नगरकमिटी अध्यक्ष मनोज बोहराका अनुसार
दसरथचन्द नगरपालिका भित्र वडा नं २,३,४,५,६,८,९,१०,११मा अभिमुखिकरण सम्पन्न गरिएको र दुइवटा वडामा बाकि रहेको बताए। अभिमुखिकरण सम्पन्न गरिएका वडाहरुमा टोल केन्द्रित अभियान सञ्चालन गरिएको बताए।
यस्तै सिगाश गाँउपालिका कमिटी अध्यक्ष जस्बिर सिँह साँउदका अनुसार सिगाश गाँउपालिकामा १,२,३,४,५,६, वडामा अभिमुखिकरण सम्पन्न गरिएको र बुधबार ७ नं वडा कार्यालयमा सम्पन्न गरि टोल केन्द्रित अभियान सञ्चालन गरिने बताए। शिवनाथ र पञ्चेश्वरको रिपोर्ट आउन बाकि रहेको छ।

अभिमुखिकरण कार्यक्रममा सदस्यता नविकरण र विस्तार (कुल मतदाताको ६ प्रतिसत पुर्याउने,टोलतहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एक तिहाई युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने,पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने,पार्टी सम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापक रुपमा विस्तार गर्ने र सबै जनसंगठनलाई आ आफ्नो वर्ग/ समुदायको नेताका रुपमा स्थापित गर्ने,सोसल मिडियामा नियोजित रुपमा सम्प्रेसित मिथ्या सुचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने,सबै तहका कमिटीहरु र जनप्रतिनिधिहरुले आ आफ्नो तहको प्रचार डेस्क स्थापनागरी प्रचारात्मक काम अघि वढाउने,निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्य अनुरुप अघि वढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने,पार्टीको नेतृत्व र सहभागीताका तिनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुना योग्य कामलाई उजागर गर्ने,जनतासंग प्रत्यक्ष सम्वाद गर्नेगरी सबैका घरघरमा पुग्ने,स्थानिय चासो र जनसरोकारका विषय पहिचान गर्ने,आ आफ्नो ठाउको विकास र समृद्धिको योजना तयार गर्ने,
मिसन ०८४मा पार्टीको एकल वहुमत प्राप्तहुने गरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुविकरणको अभियान चलाउने,घर फर्क र पार्टी प्रवेश अभियानमा जोड़ दिने ।
पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि वढाउने,पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।
समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरागर्न नेकपा(एमाले)को नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने लगायतका बिषयमा बैतडीमा अभिमुखिकरण कार्यक्रमलाइ एमालेले तिब्रता दिएको छ।





